धनकुटा र सुनसरीको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीनको मृत्यु, एक घाइते « Yalambar Times
२६ बैशाख २०८१, बुधबार

धनकुटा र सुनसरीको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीनको मृत्यु, एक घाइते


यलम्वर टाइम्स
३० फाल्गुन २०७९, मंगलवार १०:०२

झापा । धनकुटा र सुनसरीको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

सोमबार दिउँसो ३ बजे धनकुटाको महालक्ष्मी नगरपालिका–४ स्थित मुढे–लेगुवा सडक खण्डमा को को. २ त ७३६ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकको भित्तामा ठोकिदा चालक संखुवासभा मादि नगरपालिका–९ का ३० बर्षीय गुणन बिश्वकर्माको घटना स्थलमा नै मृत्यु भएको हो ।

सोही दिन राती पौने ८ बजे सुनसरीको दुहबी नगरपालिका–८ कोशी राजमार्ग स्थित ध. १ ख ६४७ नम्बरको बसले बाटो काट्दै गरेको पैदल यात्रीलाई ठक्कर दिँदा मृत्यु भएको थियो । बसले ठक्कर दिई घाईते भएका सर्लाही मलङग्वा–७ घई भई पशुपति आईरन फ्याक्ट्रीमा काम गर्दै आएका २८ बर्षीय रबिन्द्र महरालाई उपचारको लागि बिराटनगर स्थित बिराट नर्सिङ होम पठाइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै ईटहरी उप–महानगरपालिका–२० कोशी लोकमार्ग स्थित ना. ६ ख १७२४ नम्बरको ट्रकले बा. ९४ प ७१६० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक खोटाङ केपिलासगढि गाउँपालिका–७ का २९ बर्षीय निशान राई घाइते भएका छन् भने मोटरसाइकलमा सवार धरान–१५ कि २४ बर्षीया जेनिशा राईको उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा सक्त घाइते भएका दुवैलाई उपचारको लागि धरान घोपा लगिए पनि जेनिशाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालबाट थप अनुसन्धान भईरहेको छ ।