अर्जुनधारामा न्यायिक सम्बन्धि अन्तरक्रिया « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

अर्जुनधारामा न्यायिक सम्बन्धि अन्तरक्रिया


यलम्वर टाइम्स
४ चैत्र २०७९, शनिबार ०२:४९

अर्जुनधारा । अर्जुनधारामा भएको एक अन्तरक्रियामा झापाका प्रमुख जिल्ला न्यायधिश चन्द्रमणि ज्ञावलीले स्थानीय तह न्यायलयको पहिलो आधार भएको बताएका छन् ।

निरीक्षण भ्रमण गर्ने क्रममा शुक्रबार अर्जुनधाराको न्यायिक समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायधिश ज्ञावलीले स्थानीय तहमा थुप्रै सहजीकरण तथा फैसला गर्ने नीति कानुनमा भएको हुँदा निष्पक्ष र समाधानको बाटो स्थानीय तहमा पनि भएको बताए ।

नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक खड्गमाया पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरुले वडामा भएका समस्याका विषयमा आफ्ना भनाई राखेका थिए ।

उजुरी प्रशासक हेमराज सेढाइले स्वागत गरेको कार्यक्रममा वडा नं. ९ का भिष्म मिश्र, वडा नं. ७ का गोविन्द खतिवडा, ११ का खगेन्द्र इङ्नाम, ४ का अम्बरबहादुर कटुवाल, १ का उपेन्द्र बस्नेत र ८ का कुमारप्रसाद उप्रेतीले आफ्ना जिज्ञासाहरु राखेका थिए ।

यसरी नै वडा नं. १० का सचिव विक्रम पोखरेल, ६ का सचिव तिवेन्द्र अधिकारी, मेलमिलापका इन्दिरा भट्टराई, केदार पोखरेल लगायतले समस्याका विषयमा भनाइ राखेका थिए ।

न्यायिक समितिका मायाकुमारी ऐरले सञ्चालन गरेको कार्यक्रममा वडा नं. ६ का हरिश वास्तोला, ५ का गीताराज खड्का, पत्रकार दिपीन राई, न्यायिक समितिका टुम्मनाथ काफ्ले, कार्यापालिका सदस्य मुना खत्री, जिल्ला अदातलतका नवराज पोखरेल, टिकाराम गौतम लगायतको आतिथ्य रहेको थियो ।