वि.सं. २०८० मा शनिबार बाहेक ३५ दिन बिदा « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

वि.सं. २०८० मा शनिबार बाहेक ३५ दिन बिदा


यलम्वर टाइम्स
५ चैत्र २०७९, आईतवार ०८:५१

झापा । वि.सं. २०८० मा दिइने सार्वजनिक बिदाको सूची नेपाल सरकारले सार्वजनिक गरेको छ । २०८० मा शनिबार बाहेक ३५ दिन बिदा हुने भएको छ ।

शनिबार बाहेक वर्षभरिमा दिइने सार्वजनिक बिदामा यस पटक माओवादीको जनयुद्ध दिवस पनि समावेश गरिएको छ । दशैंमा ६ दिन र तिहारमा ५ लामो बिदा परेका छन् ।

गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको बिदाको सूचीमा परेका २४ वटा सार्वजनिक बिदाका दिनमा भने सरकारी कार्यालयहरु खुला रहने जनाइएको छ ।

सरकारी कार्यालय खोल्ने बिदाका दिनहरुमा १४ वटा चाड पर्व बिदा, ४ वटा जात्रा बिदा, ४ वटा दिवस बिदा र २ वटा जयन्ती बिदा रहेका छन् ।

बैशाख पूर्णिमाको उभौली पर्व, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी र दशैंको घटस्थापनाका दिन सरकारी कार्यालय खुला रहने छन् । यसैगरी, क्रिसमस, उधौली पर्व, धान्य पूर्णिमा, तमू ल्होसार, माघी, सोनम ल्होसार, महाशिवरात्री, ग्याल्पो ल्होसार, ईद र बकर ईदमा पनि सरकारी कार्यालय खुला रहने जनाइएको छ ।

यस्तै, काठमाडौं उपत्यकामा मात्र दिइने गाईजात्रा, इन्द्रजात्रा, भोटो जात्रा र घोडेजात्रामा पनि कार्यालय खुला रहने छन् ।

यसैगरी, गणतन्त्र दिवस, जनयुद्ध दिवस, प्रजातन्त्र दिवस र नारी दिवसमा पनि सरकारी कार्यालय खुला रहने छन् ।

बुद्ध जयन्ती र राष्ट्रिय एकता दिवसका दिन पनि सरकारी कार्यालय खुला रहने सूचनामा उल्लेख छ ।