सांसदहरुलाई पिरलो « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

सांसदहरुलाई पिरलो


यलम्वर टाइम्स
११ चैत्र २०७९, शनिबार ०२:३०

झापा । कोशी प्रदेशको पक्षमा उभिएका आदिवासी जनजाति सांसदलाई पिरलो भएको छ ।

पार्टीको इमान्दार कार्यकर्ता भएपछि निर्देश अनुसार कोशी प्रदेशमा मत प्रदान गर्दा कठिनाइ उत्पन्न भएको नाम नभन्ने शर्तमा एक एमाले सांसदले बताए ।

उनका अनुसार हामीलाई बोलाइयो, एक ठाउँमा राखियो । कतै हिंड्न दिइएन । भोली पल्ट कोशीमा मतदान गर्ने पार्टीले निर्देश गरेपछि कोशी प्रदेश घनिभूले पारित हुँदा पहिचान पक्षधरहरुको चित्त दुखाइका कारण सांसदहरु आफ्नो गाउँ आउन कठिन भएको छ ।

कतिपय सांसदहरु राजधानीमै केन्द्रीत छन् भने कतिपय सांसदहरुको घरमा कालो झण्डा गाडेर, स्थानीय सरकारको कार्यालयमा ताला लगाइदिएर कठिनाइ उत्पन्न गराइदिएको हुँदा वार्ता र सम्वादमा जानुपर्ने एक एमाले सांसदले व्यक्त गरे ।