घाइते फागोको उपचारमा सरकारको बेवास्ता « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

घाइते फागोको उपचारमा सरकारको बेवास्ता


यलम्वर टाइम्स
९ जेष्ठ २०८०, मंगलवार ०६:२२

काठमाण्डौ । दमकमा भएको शान्तिपूर्ण राँके जुलुसमा प्रहरीको गोली लागि घाइते भएका गजेन्द्र फागोलाई हेर्न आउने नेताहरुको संख्या बढेको छ । हेर्ने र आश्वासन दिने नेताहरुको संख्या बढ्दै गए पनि पूर्ण लाभ प्राप्त गर्न निकै जटिल हुने स्वास्थ्यकर्मीले बताएका छन् ।

पहिचानवादी युवा फागोको पारिवारिक अवस्था कमजोर भए पनि पहिचानको पक्षमा अलिकति पनि बिचलन नभई अगाडि बढेका फागो कोशी प्रदेशको विरुद्धमा लाग्न अस्पतालबाटै भेट्नेहरुलाई भन्ने गरेको स्वास्थ्यमा सहयोग गर्दै आएका सामी पालुङ्वाले बताए ।

हालसम्म सरकारले उपचारका लागि कुनै सहयोग नदिएको र सहयोगी हातहरुबाट फागोको उपचार हुँदै गरेको पनि पालुङ्वाले यलम्वर टाइम्सलाई जानकारी दिए । पहिचानवादी घाइते युवा उपचारको क्रममा ललितपुर स्थित बीएण्डबी अस्पताल ल्याइएको छ भनेपछि नेताहरुको उपस्थिति र स्वास्थ्य लाभ गर्नेहरुको संख्या बाक्लिएको छ ।

यसैक्रममा जनमुक्तिका कार्यकारी अध्यक्ष सूर्यवंशीले उपचाररथ फागोसँग भेट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

फागो बैंशाख २६ गते मंगलबार दमकमा भएको राँके जुलुसमा गोली चल्दा घाइते भएका हुन् । तत्काल उनको उपचार बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा भए पनि थप उपचारका लागि उनलाई ललितपुर पुर्याइएको थियो ।

यसरी नै जसपाका नेता तथा शिक्षा मन्त्री अशोक राईले पनि उनलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् भने फागोको उपचारमा कञ्जुस्याँई नगर्न पहिचान पक्षधरहरुले माग गरेका छन् ।