जसपा सांसद तावा पुनः स्वास्थ्यमन्त्रीमा नियुक्त « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

जसपा सांसद तावा पुनः स्वास्थ्यमन्त्रीमा नियुक्त


यलम्वर टाइम्स
२६ श्रावण २०८०, शुक्रबार ११:४०

बिराटनगर । कोशी प्रदेश सरकारको स्वास्थ्यमन्त्रीमा पुनः निर्मला तावा लिम्बू नियुक्त भएकी छिन् ।

मन्त्री तावा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारको स्वास्थ्य मन्त्रीमा नियुक्त भएकी हुन् ।

जसपाबाट संसद बनेकी तावाले आज शुक्रबार अपरान्ह ४ बजे प्रदेश प्रमुखबाट सपथ ग्रहण गरेकी छिन् ।

तावा यसअघि एमाले नेतृत्वको सरकारमा पनि स्वास्थ्यमन्त्री भइ मन्त्रालय सम्हाल्दै आएकी थिइन् ।

पहिचानको विरुद्धमा एमाले सरकार रहेको भन्दै उनले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएकी थिइन् ।