राम्रो कामको प्रचार नभएकै कारण माओवादी ओझेलमा « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

राम्रो कामको प्रचार नभएकै कारण माओवादी ओझेलमा


यलम्वर टाइम्स
११ भाद्र २०८०, सोमबार ०९:२२

अर्जुनधारा । नेकपा माओवादी केन्द्रले जनता समक्ष गरेको राम्रो कामको प्रचार नभएकै कारण पार्टी ओझेलमा परेको बताएका छन् ।

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत अर्जुनधारामा भएको अभिमुखिकरण कार्यक्रममा सो कुरा बताइएको थियो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शिवकुमार मण्डलले लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै धर्म निरपेक्ष र प्रदेश राज्य निर्माणमा माओवादी केन्द्रले बोकेको एजेण्डालाई अहिले पनि सामन्ती चरित्र बोकेका केही दलहरुले धावा बोलेको हुँदा त्यस्ता पार्टीलाई चिरेर जानुपर्ने दिन अझै बाँकी रहेको बताए ।

भ्रष्टाचारी, सुन काण्ड, ललिता निवासका नायिकेहरुलाई कठघरामा ल्याउन खोज्दा एमालेका अध्यक्ष केपी ओलीले धावा बोल्दै हिंडेको देख्दा एमाले भ्रष्टाचारीहरुलाई संरक्षण गर्न खोज्ने दल भएको प्रस्ट छ, यस्तो कुरा यसै अभियान अन्तर्गत जनतालाई बुझाउन सक्नुपर्ने उनले बताए ।

प्रमुख अतिथि समेत रहेका मण्डलले गठबन्धन सरकारको छोटो समयमा माओवादी अगुवा भएर गरेको कामले चौतर्फी प्रशंसा भइरहेको छ । यसलाई जनतामाझ पु¥याउन अभियान अगाडि आएको बताए ।

कार्यक्रममा विशेष अतिथि केन्द्रीय सदस्य हरिकुमार रानाले माओवादीलाई अझ सक्रिय रुपमा अगाडि बढाउन रहर, कहर आवश्यक भएको बताए ।

जनताको पक्षमा राम्रो काम गर्दा पनि १७ हजार अभियोग लगाउने र बदनाम गर्ने काम भएको हुँदा त्यसलाई चिर्न कार्यकर्ताको काँधमा जिम्मेवारी आएको बताए ।

वर्गीय मुक्तिको उत्थानमा पार्टीले ल्याएको सिद्धान्त बहुउपयोगी भएको हुँदा जनतामाझ राम्रा काम गरेको सन्देश दिन सक्नुपर्ने उनले बताए ।

अभियानमा जिल्ला पार्टी कार्यालयले ल्याएको सन्देश सहभागिलाई जनाउँदै नेता सीपी कडरियाले संघीय राज्य निर्माणमा पार्टीले चालेको कदम र भ्रष्टाचार मुक्त समाज निर्माणमा थालेको काम पूरा गर्न लागेको बताए ।

कार्यक्रममा अर्जुनधारा नगर पार्टी अध्यक्ष नारद दुःखीले जनतासँग माओवादी अभियान अन्तर्गत वडा नं. १ मा सन्तोष थापा, विष्णु कट्टेल, वडा नं. २ मा अम्बिका फुयाँल, मोहन पौडेली, वडा नं. ३ मा युवराज नेपाल, कपिल तिम्सिना, हरि घिमिरे, वडा नं. ४ मा तुलसी ढकाल, नारायण पौडेल, वडा नं. ५ मा खड्ग तिम्सिना, सपना तामाङ, वडा नं. ६ मा सीपी कडरिया, दधी रिमाल, राम पौडेल, पदम मादेम्वा, बुद्धिलाल, वडा नं. ७ मा श्याम बीर लिम्बू, कृति राजवंशी, केदार बर्देवा, वडा नं. ८ मा नरकुमार, राजु शेर्मा, जानुका पराजुली, निर्माण आचार्य, वडा नं. ९ मा सीता सापकोटा, लीला आचार्य, नरसिंह नेम्वाङ, वडा नं. १० मा विदुर भट्टराई, चन्द्र सुवेदी, विपिन चौहान, समिर लुम्बा, जीवन चिमरिया र वडा नं. ११ मा योगन्द्र चापागाई, हुमा पोखरेल, मणिकुमार विक, लक्ष्मी याक्सो चुनिएका बताए ।
अभियानमा जाँदा जनताका कुरा र गर्नुपर्ने जिम्मेवारी बुझ्दै जानुपर्ने समेत अध्यक्ष दुःखीले बताए ।

सन्तोष थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन युवराज नेपालले गरेका थिए । अभियान तीन महिना रहने नगर अध्यक्ष दुःखी बताए ।