रेलिमाई साउन २१ बाट « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

रेलिमाई साउन २१ बाट


यलम्वर टाइम्स
८ श्रावण २०७३, शनिबार ०४:०६

चलचित्र रेलिमाई यही साउन २१ गतेबाट देशभर प्रर्दशनमा आउने भएको छ । काठमाडौँ उपत्यका र मोफसलमा एक साथ प्रर्दशनको तयारीमा रहेको चलचित्रले हाँस्य ब्यग्यलाई मुख्य रुपमा पर्दामा उठाउने प्रयत्न गरेको निर्देशक रिम विश्वकर्माले जानकारी दिए ।

1469085855relimay
मुलुकमा बढ्दै गईरहेको अस्थिरता र कायम अन्योलताका बिच चलचित्रले शसक्त रुपमा ब्यग्यात्मक ढंगले अस्थिर राजनीति र बढ्दो बेरोजगारीको जिम्मेदार नेताजीहरु भएको भन्ने कुरालाई घुमाउरो शैलीमा भन्न खोजेको छ । २ घण्टा लामो कमेडी जनरामा तयार पारीएको चलचित्रमा संजोग राणा, रियन लामा, पुर्णिमा लामा लगायतका कलाकारको बेजोड अभिनय देख्न पाइनेछ ।
गायक एवंम संगीतकार चिरन्जीबी भन्डारीले तयार गरेको चलचित्रको गीत चट्टै मुटु काटेर बोलको गीतले चर्चा बटुली रहेका बेला फिल्म चल्नेमा निर्देशक रिम ढुक्क छन् । कुल चन्द्र पुरी सह निर्माता रहेको चलचित्रको कथाकार र निर्माता समेत स्वयम निर्देशक विश्वकर्मा नै हुन् ।