शनिअर्जुनमा ९ करोड ८१ लाख खर्च « Yalambar Times
११ पुष २०८१, बिहीबार

शनिअर्जुनमा ९ करोड ८१ लाख खर्च


यलम्वर टाइम्स
२० श्रावण २०७३, बिहीबार ११:१७

Neशनिअर्जुन / शनिअर्जुन नगरपालिकाले यस क्षेत्रमा ९ करोड ८१ लाख ४४ हजार ७ सय २३ रुपैयाँ ३६ पैसा खर्च गरेको वार्षिक प्रगति समिक्षामा बताएको छ ।

सामुदायिक भवनमा यस क्षेत्रका राजनीतिक, संघसंस्था र सचेत नागरिक बिच उक्त रकम विकास निर्माण सामाजिक सुरक्षा भत्ता र नगरको उन्नतिको लागि खर्च भएको नगर अधिकृत रुद्रप्रसाद न्यौपानेले बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि झापा क्षेत्र नं. ४ का माननीय सांसद प्रेमबहादुर गिरीले छोटो समयमा शनिअर्जुनले आफ्नो पहिचान स्थापना गराइसकेको बताएका छन् । उनले आफ्नो सांसद कोषबाट पनि के कस्तो सहयोग पुग्यो भन्दै आउने दिनमा सहयोग गरेर लैजाने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस नगर सभापति हेमराज खरेल, मोहन काफ्ले, एमालेका क्षेत्रीय अध्यक्ष हरि राना, नगर अध्यक्ष प्रेमसागर सापकोटा, माओवादीका भूपेन्द्र न्यौपाने, राप्रपाका लभकुश गिरी, समाजवादीका प्रकाश लिङ्खीम, पूर्व माननीय केदरमणि ढकाल, हरि दाहाल, चतुर्भुज काफ्ले, भोला परियार, वृख प्रधान, देवकला प्रसाई, कुन्धन भट्टराई, खगेन्द्र ढकाल, अम्बिका खतिवडा, छविलाल शिवाकोटी, रमेश त्रिखत्री, लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको स्वागत इन्जिनीयर निरज अधिकारीले गरेका थिए ।