सेवामा पूर्ण समर्पित मेची नेत्रालय « Yalambar Times
२ माघ २०८१, बुधबार

सेवामा पूर्ण समर्पित मेची नेत्रालय


यलम्वर टाइम्स
१२ भाद्र २०७३, आईतवार ०८:४४

Untitled-2 copyकाँकरभिट्टा / झापाको मेची नगर–१० मा अवस्थित मेची नेत्रालयले शुक्रबारबाट जनतामा पूर्ण समर्पित भएर सेवा सुचारु गरिएको बताइएको छ ।

सानो भवनबाट स्वदेश तथा विदेशका जतनाको सेवा गरिरहेको यस नेत्रालयले अब खुल्ला वातावरणमा स्वच्छ ढंगबाट जनताको सेवा गर्ने डा. शरदचन्द्र प्रकाश राईले बताएका छन् ।

डा. राईले मेची नेत्रालयलाई विभिन्न माध्यमबाट सहयोग पु¥याउनु हुने विश्व मानव जनकल्याण संघका संयोजक दिलहासन अन्सारी, समाजसेवी मीरा क्षेत्री र जानुका तामाङलाई उद्घाटनको समयमा खादा र ताम्रपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा डा. राईले ५५ शैयाको ५ तले भवनमा जति पनि नेत्र रोगीका विरामीहरुलाई सेवा प्रदान गर्न सकिने बताए । असहाय बिरामीहरुका लागि लिफ्ट सिस्टम समेत व्यवस्था गरिएको छ ।

पार्किङको असुविधालाई मध्य नजर गर्दै सुविधा सम्पन्न भूमिगत पार्किङको व्यवस्था मिलाइएको छ भने भवन अपाङ्ग मैत्रीपूर्ण ढंगबाट निर्माण गरिएको बताइएको छ । दिनहुँ ८० भन्दा बढी विरामीहरुलाई सेवा प्रदान गर्दै आएको मेची नेत्रालयले विहीबारसम्मको रेकर्डमा २ लाख ५२ हजार ७ सय २० जना आँखा रोगीहरुको सफल उपचार गरिसकिएको नेत्रालयका प्रबन्धक पुनम प्रधानले बताइन् । अस्पतालमा नेत्र रोग अधिकृत पर्शुराम भट्टराई, कर्णनाथ योगी, योगेन्द्र राउत, नेत्र सहायकहरुमा पुष्पराज विष्ट, ओम बुढाथोकी, नविनविक्रम शाह र सुनिल शाह सधै सक्रिय रहेका छन् भने नेत्रालयका कार्यालय प्रमुख सोमप्रसाद घिमिरे रहेको बताइएको छ ।5555 copy

डा. राई नेपालकै चर्चित रेटिना रोग विशेषज्ञको रुपमा परिचित छन् । यस अस्पतालमा आँखाको जाँच गरी रोगको प्रकृति अनुसार मोतिया
विन्दुको शल्यक्रिया, जलविन्दुको शल्यक्रिया, परेला र आँशु थैलीकोशल्यक्रिया आधुनिक उपचार पद्धतिका साथ गरिदै आएको बताइएको छ । वरिष्ट नेत्र रोग अधिकृत योगेन्द्र राउतका अनुसार हालसम्म कोही पनि उपचार गरी गएकाहरुले गुनासा राख्ने ठाउँ नभएको बताउँदै अस्पतालले ओसीटी, एफए, एचएफए, अर्थोक्टिक, क्लिनिक तर्फ आँखा बाँङ्गोपनको शल्यक्रिया, लो भिजन क्लिनिक, कन्ट्याक्ट लेन्स क्लिनिक र बच्चमा हुने अल्छी आँखाको उपचार, मधुमेह र उच्च रक्तचापका कारण आँखामा हुने पर्दाको रोगको उपचार लेन्स र इन्जेक्स पद्धतिबाट गरिदै आएको बताए । उद्घाटन कार्यक्रममा माननीय रविन कोइरालाले यस नेत्रालयले नेपालको इज्जत र दुई देश बीचको समन्वयता प्रगाढ बनाएको प्रतिक्रिया दिए ।

उद्घाटन समयमा अर्का समाजसेवी तथा मिडिया प्रवद्र्धक कृष्णप्रसाद उप्रेतिले मेची नेत्रालय यस जिल्लाको गहना भएको बताए । उनले योग्यता र कला भएका मान्छेहरु त्यतिकै बसेको अवस्थामा डा. राई र उनका परिवारले गरेको कर्म उच्चस्तरीय र उदाहरणीय भएको बताए । यातायात व्यवसायी श्रीप्रसाद मैनालीले नेत्रालय आँखाका रोगीहरुको विश्वासिलो अस्पताल भएको बताए । शिक्षा सेवी खड्ग बरालले मानवताको सेवामा मेची नेत्रालयको भूमिका अह्म भएको प्रतिक्रिया दिए । उक्त भवनमा पूजापाठ साथै पुराणको समेत आयोजना गरिएको थियो । पुराण समापनसँगै भवन उद्घाटन भएको अवस्थामा विभिन्न ठाउँबाट बौद्धिक तथा सामाजिक व्यक्तित्वहरुको आतिथ्य रहेको थियो ।