विद्युतीय सञ्चारमाध्यमको २४ सै घण्टा अभिलेख हुने « Yalambar Times
३ माघ २०८१, बिहीबार

विद्युतीय सञ्चारमाध्यमको २४ सै घण्टा अभिलेख हुने


यलम्वर टाइम्स
३ पुष २०७३, आईतवार १०:५१

1काठमाडौं / प्रविधि तथा प्रणालीको काठमाडौं आज राजाधानीमा आयोजित एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री सुुरेन्द्रकुमार कार्कीले विद्युतीय सञ्चारमाध्यमको अभिलेखिकरण तथा अनुगमन गर्ने उपकरण प्रणालीको उद्घाटन गर्नुभएको छ ।

विधिवत्रुपमा विद्युतीय सञ्चारमाध्यम टेलिभिजन, रेडियो, अनलाइनको अभिलेख गर्ने तथा सोको अनुगमन कार्यको थालनी भएको छ । कार्यक्रममा प्रमुख अतिथि सञ्चारमन्त्री कार्कीले सञ्चारमाध्यमलाई राजनीतिक आस्थाले प्रभाव पार्दा एउटै घटनामा चारथरी न्यूज आउने गरेको धारणा राख्नुहुँदै नयाँ उपकरण प्रणालीले विद्युतीय सञ्चारमाध्यमको अभिलेख, अनुगमन कार्यमा सहजता ल्याउने बताउनुभयो । काउन्सिलले कार्यमा सक्दो प्रयास गर्ने बताउँदै बिद्युतीय माध्यमको वर्गीकरण गर्न आग्रह गर्नुभएको थियो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले हालै जडित आधुनिक उपकरणबाट नेपालको सञ्चारमाध्यम संधै प्रेस काउन्सिलको नजरमा रहने, मिडियालाई नियन्त्रण होईन–आचारसंहिताको पालना गराउन सल्लाह दिने कार्यमा निरन्तर लागिपरेको बताउनुभयो ।
काउन्सिल सदस्य तथा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले विद्युतीय सञ्चारमाध्यमले आफ्नो इतिहास खोज्दा नभेटिने अवस्था रहेको बेला काउन्सिलले विद्युतीय माध्यमको अभिलेख गर्ने प्रणालीको थालनी गर्नु महत्वपूर्ण उपलब्धी भएको बताउनुभयो ।

काउन्सिलका सूचना प्रविधि अधिकृत रामशरण बोहराले विद्युतीय सञ्चारमाध्यमको अभिलेखीकरण गर्ने तथा सोको अनुगमन गर्ने प्रणालीसम्वन्धी जानकारी प्रस्तुत गर्नुहुँदै हाललाई यो प्रविधिवाट १६ वटा टेलिभिजन, अनलाइनवाट प्रसारित २०० वटा एफएम र ५०० वटा अनलाइनबाट प्रसारित सामग्रीको २४ सै घण्टाकोे अभिलेख राख्न सकिने बताउनुभयो । प्रेस काउन्सिलले यसअघि पूरानो प्रविधिको प्रयोग गरेर २०७२ माघ १ गतेदेखि विद्युतीय माध्यम रेडियो, टिभी, अनलाइनको अनुगमन गर्दै आएको थियो ।