‘अब म स्वतन्त्र भएर समाजसेवा गर्न तिर लाग्छु’ « Yalambar Times
२५ आश्विन २०८१, शुक्रबार

‘अब म स्वतन्त्र भएर समाजसेवा गर्न तिर लाग्छु’


यलम्वर टाइम्स
९ पुष २०७३, शनिबार १०:४७

11सीता ओली नेपाली कांग्रेस नजिक रहेर पार्टीको क्रियाशिल महिलाको रुपमा परिचित छिन् । प्रजातन्त्र र लोकतन्त्रबाटै नेपाली जनताको उन्नति हुने कुरामा विश्वास लिएर ०४६ सालको जनआन्दोलन हुँदै यहाँसम्म आएकी हुन् । शनिअर्जुन–३ निवासी सीता राजनीतिमा लाग्ने प्रेरणा माता स्व.मनकुमारी र पिता स्व.प्रेमप्रसादलाई ठान्छिन् । बहुदलीय र निर्दलीय जनमतको समयमा बहुदलको पक्षमा आमाले एक्लै घरमा झण्डा गाढेर संघर्ष गरेको उनी स्मरण गर्छिन् । हाल श्रीमान राजकुमार वाईवासँगै गृहस्थी जीवन बिताउँदै आएकी सीता स्वतन्त्र भएर समाजसेवा गर्न तिर लाग्ने बताएकी छिन् । उनीसँग यलम्वर टाइम्सले गरेको वार्ता :

कहिलेदेखि राजनीतिमा प्रवेश गर्नुभयो ?

म सानो थिएँ । त्यसबेला मुलुकमा पञ्चायती व्यवस्थाको समय थियो । मलाई लाग्छ पञ्चायती व्यवस्था रहने कि नरहने भन्ने विषयमा दुई गुट देखा परेको थियो । एउटा थियो बहुदलीय व्यवस्थाको पक्षमा अर्को थियो पुरानै निर्दलीय व्यवस्थाको पक्षमा हाम्रा परिवार बहुदलीय व्यवस्थाको पक्षमा थिए । पछि बहुदलीय व्यवस्थाको विषयमा आमाबाबाले बताईरहनुहुन्थ्यो त्यसैको प्रेरणा स्वरुप राजनीतिक चिन्तन जागेको हो । त्यसपछि मेरा आफ्नै दाई नवीन ओलीको पनि प्रेरणा छ ।

तपाई त कलाकार पनि होइन र ?

हो । म संगीतमा रुचि राख्ने र नृत्यमा भाग लिने कलाकार पनि हूँ । मैले इलाम, झापा, मोरङसम्म नृत्यमा भाग लिदै हिंडे । धेरै पुरस्कार पनि हात पारेको छु । त्यति मात्र होइन, धेरै नाटकहरुमा पनि भाग लिएको छु । भरियाका जिन्दगी नाटकमा सहभागी हुँदाको क्षण स्मरणीय छ । पछि चलचित्र ‘आर्मी’मा पनि खेलेको थिएँ । चलचित्रमा आउनमा श्रीमानको ठूलो हात छ ।

तपाई ०४६ सालको एक विद्यार्थी योद्धा हूँ पनि भन्नुहुन्छ । प्रमाण छ ?

मसँग छ । ०४६ सालको जनआन्दोलन ०६२÷०६३ को भन्दा फरक थियो । गाउँ–गाउँबाट जनता बहुदलीय प्रजातन्त्रको पक्षमा उर्लेका थिए । हामी विद्यार्थी जीवन बिताईरहेका थियौं । चारै दिशाबाट आन्दोलन चर्केको थियो । कुन आवेशमा हो मलाई थाहा छैन, पुलिसले नै पञ्चायत फर्काउन लागेको भन्ने मेरो दिमागमा प¥यो । त्यतिकैमा पुलिसलाई ढुंगा हान्न पुगेछु । त्यो बेला जोशी सर, लिलक दाई, जनार्दन दाई, बीरमणि अंकल, चौकी घेराउमा सक्रिय थिए । त्यसैमा हौसिएर त्यसबेलाका सीडीओलाई पनि आक्रमण गर्न पुगेछु । पछि प्रजातन्त्र आयो । त्यसबेलाका जनआन्दोलन समितिले प्रजातन्त्र ल्याउनमा योगदान दिएको भन्ने शब्द राख्दै योद्धाको रुपमा सम्मान ग¥यो । जुन सम्मान स्व. कृष्णप्रसाद भट्टराईको हातबाट प्राप्त गरेको थिएँ । अझै कोठामा सजिएको छ ।

प्रजातन्त्र ल्याउँदा झापाका राजनीतिक नेताहरु कसरी सक्रिय भएका थिए स्मरण छ ?

मलाई पूरै थाहा छ । हाम्रो घरमा हालका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला लुकेर बस्नु भएको थियो । भूविक्रम नेम्वाङ इलामको गरुवामा बस्नुहुन्थ्यो । हाम्रो घरमा ब्यानर, झण्डा बनाइन्थ्यो । प्रहरीले थाहा पाउँछन् भनेर मैले झण्डा र ब्यारन खुट्टाको पीडुलामा बाँधेर लुकाई लुकाई गरुवा पु¥याउँथ्ये । त्यसबेला अन्य दाईहरु मदन बुढाथोकी, तिलक गजुरेल र मेरै दाई नविन सक्रिय थिए । विस्तारै प्रजातन्त्र आयो । त्यसपछि खुशीले सीमा रहेन ।

तपाई क्रियाशिल सदस्य कहिले हुनुभयो ?

२०४८ सालदेखि भएको हूँ । क्रियाशिल सदस्य भएपछि निर्वाचन पनि आयो । झापामा सारा कांग्रेसीहरु सक्रिय थिए । आदरणीय दाई उद्धव थापालगायत अन्य दाईहरु कांग्रेसलाई अगाडी बढाउन लाग्नु भयो । म पनि उहाँहरुकै पछिपछि लागें । नेपाली कांग्रेसको तर्फबाट सीके प्रसाई उठ्नु भएको थियो (तत्कालिन क्षेत्र नं. २) । दिन रात नभनी चार तारेको गीत घन्काउँदै नाच्दै हिंडे । त्यसबेला मनिष प्रसाई, तेजवी ओली, तुलसी ओली, टंक विश्वकर्मा संगीत क्षेत्रबाट लाग्नु भएको थियो । अन्तत्वोगत झापा लाल किल्ला सावित भयो । हामी निराश भयौं ।
रेडियोमा मेची नै लाल किल्ला भएको सन्देश आयो । त्यस बेलाका कम्युनिष्ट एमाले विजय जुलुस निकाल्दै हाम्रा घर वरिपरि हिंड्न थाले । दाई र म घरमा लुकेर बस्नु प¥यो । पछि मोरङबाट गिरीजाप्रसाद कोइरालाले दुवै ठाउँबाट जितेको सन्देश रेडियोबाट आइ¥यो । त्यो सुनेपछि ‘एक गिरीजा सयौं एमाले’ भन्ने नारा लगाउँदै आँटले बाहिर उफ्रिन खोज्दा मेरो टाउको काठको बटममा लागेर फुट्यो । रक्ताम्य भएछु । होस गुमेछ । बीरमणि अंकलहरु भारतको बागडोग्रा लगेर निको पारेपछि मात्र होसमा आएछु । अझै पनि टाउँको दुखिरहन्छ ।

हाल पार्टीको कुन तहमा हुनुहुन्छ ?

दुई–दुई पटक पार्टीभित्र उठेँ । कहिले पनि विजय हुन सकिन । हाल महिलाको क्षेत्रीय प्रतिनिधिमा छु । अब त जोस जाँगर पनि हराउँदै गयो । पार्टीको माथिल्लो तहमा जाने प्रयास गर्छु, जाने बाटोहरु साँघुरो भएर आउँछ । अब पार्टीका क्रियाशिल र साधारण सदस्य समेत नरहने गरी समाजमा बसेर समाजिक काम गर्ने तिर लाग्ने इच्छा छ ।

के अन्य पार्टी जाँदै हुनुहुन्छ ?

अन्य पार्टीमा जाने कुरा आएन, तर कांग्रेस पार्टीमा क्रियाशिल भएर बस्दिन । स्वतन्त्र भएर बाँकी जीवन समाजसेवामा बिताउँने इच्छा पलाएको छ ।

०६२/०६३ को जनआन्दोलनमा कहाँ हुनुहुन्थ्यो ?

विवाह गरेर काठमाण्डौमा थिएँ । कांग्रेसको नजिकमै रहेर काम गरिरहे । आन्दोलनकारीहरुलाई खाना पकार ख्वाउने काम गरे । पार्टीमै सक्रिय भएर लागे नि ।

कस्तो समाजसेवाको कल्पना गर्दै हुनुहुन्छ ?

स्कुल, मठमन्दिर, खोलानाला, बाढी पीडित क्षेत्रमा बसेर काम गर्न मन लागेको छ । पार्टीमा रहेर सामाजिक काम गर्दा यो पार्टी त्यो पार्टी भन्ने गर्छन् । स्वतन्त्र हुँदा त्यस्तो आरोप लाग्दैन नि ।

अहिले के गर्दै हुनुहुन्छ ?

घर व्यवहारमै व्यस्त छु ।

समाज सेवा के का लागि ?

आत्मा आनन्दका लागि हो ।

समाज सेवामा पैसा खर्च हुन्छ भन्छन् नि ?

समाज सेवा गर्दा पैसा लाग्छ जस्तो लाग्दैन । समय दिए पुग्छ । अनि स्वतन्त्र भएर बोलिएको खण्डमा न्यायका कुराहरु उठ्छन् । न्याय पाउँनेलाई सजिलो हुन्छ ।

समाज सेवामा लाग्न श्रीमानकै सल्लाह हो त ?

श्रीमानसँग मैले छलफल गरे । स्वतन्त्र भएर समाजसेवा गर्छौ भने गर भन्नु भयो । त्यसैले समाजसेवाका पाटाहरुमा लाग्न खोजिरहेको छु ।

राजनीति छाड्नु भयो । महिला अधिकार पाउने आधार कहाँबाट देख्नु हुन्छ ?

सबै कुरा राजनीतिकबाट प्राप्त हुन्छ भन्ने छैन । महिलालाई सर्वप्रथम शिक्षा नै आवश्यक देख्छु । छोरीहरुलाई अंशमा लोभ्याएर शिक्षामा बञ्चित गरियो भने महिला मुक्तिको बाटो भेट्न गाह्रो हुन्छ ।

समान अधिकार कहाँबाट प्राप्त हुन्छ ?

राजनीतिक दलहरुले पनि समानताको कुरा गरेर दलभित्रै महिलाहरुलाई पाखा लगाउने काम भएको पाउँछु । उसबेला गिरीजाबाबुले भनेका थिए –‘यो देशमा महिला प्रधानमन्त्रि अवश्य हुनेछन् । महिलालाई अधिकार दिनका लागि हरेक तहमा ५० प्रतिशत सहभागिता जरुरी छ ।’ त्यसो गरिएन भने समान अधिकार पाउन गाह्रो छ ।

अन्त्यमा केही छ ?

समाजमा रहेका सबै राजनीतिज्ञ भइयो भने समाजको एउटा पाटो छुट्छ जस्तो लाग्छ । सामाजिक भावना र पीडाहरुलाई मल्हम पट्टी लगाउन सामाजिक क्षेत्रमा पनि जुटौं । यही भन्न चाहन्छु । म जस्तो सर्वसाधारणको विचारलाई आम जनतामाझ पु¥याइदिनु भएकोमा यलम्वर टाइम्सलाई धन्यवाद दिन चाहन्छु ।