योगेन्द्र थापा मेची पेट्रोलीयम डिलर एसोशिएशनको भर्खरै सम्पन्न अधिवेशनबाट सदस्यमा निर्वाचन भएका हुन् । शनिश्चरे क्षेत्रलाई कर्म थलो बनाइ विभिन्न व्यवसाय गर्दै आएका थापा शनिअर्जुन–१ स्थित याना आयल सप्लार्यस सञ्चालन गर्ने तर्खरमा छन् । यस अघि उनले इलामको बरबोटे स्थित पाथिभरा आयल टे«डर्स सुचारु गरिसकेका छन् । निकट भविष्यमा इलामको दानाबारीमा पनि गरुवा आयल सप्लार्यस खोल्ने बताउँछन् ।
उमेरले ५० टेकेका थापा यही शनिअर्जुनले मलाई यहाँसम्म ल्याउन ठूलो टेवा पु¥यायो अब बाँकी जीवन शनिअर्जुनलाई छाडेर नजाने यसै क्षेत्रमा व्यवसायलाई उच्च स्थानमा राखी समाजसेवा गर्दै बस्ने बताउँछन् । उनीसँग व्यवसायकै विषयलाई लिएर गरिएका वार्ताका केही अंश:
कहिलेदेखि पेट्रोलियम व्यवसायमा होमिनु भयो ?
म सानैदेखि विभिन्न व्यवसाय गर्दै आएको हुँ । पहिला काठ व्यवसाय तिर लागे त्यसपछि जिविस मार्फत विभिन्न ठेक्का (खोला) गर्दै आएँ । पेट्रोलियम व्यवसायमा चाँही २०७० सालबाट सुरु गरेको हुँ । मैले पहिला इलामको वरबोटे स्थित पाथिभरा आयल टे«डर्स खोलेर सञ्चालन गर्दै आएको थिएँ । र हाल आफ्नै क्षेत्र शनिअर्जुन–१ मा याना आयल सप्लार्यसको तयारीमा छु । फागुनबाट सेवा सुचारु हुने छ ।
व्यवसायबाट लाभ राम्रै होला नि ?
कुनै पनि मानिसले व्यवसाय गर्छ भने लाभ लिनको लागि नै गर्छ । लाभ लिने बहानामा धेरै लाभ लिन खोज्यो भने त्यसले बदनाम पनि गराउछ । त्यसैले मिहेनत गरौं, सभ्य व्यवसायी भएर लागि परौं । लाभ त त्यसपछि आफै आइहाल्छ नि । म त्यस्तो पक्षमा लागिरहेको छु ।
तपाई व्यवसायसँगै समाजसेवा पनि गर्छु भन्नु हुन्छ । कस्तो सेवा ?
विशेष गरी युवाहरुमा नकारात्मक सोचका कारण विभिन्न कुलतमा फसिरहेका छन् । तिनीहरुलाई सुमार्गमा लैजानका लागि सन्देशमुलक कार्यक्रमसँगै असाहय र शिक्षाबाट बञ्चित भएका नानीहरुका लागि केही गरौं भन्ने सोच पलाएको छ । त्यो काम तिर म ध्यान पु¥याउने छु । अहिले नै त म सँक्दिन होला विस्तारै त्यसतर्फ काम गर्ने इच्छा छ ।
तपाई बढी ट्रयाकिङ मन पराउनु हुन्छ नि ?
हो म बढी ट्रयाकिङ गर्न मन पराउँछु । कहिले बाइकमा, कहिले साइकिलिङ गर्दै घुमफिर गर्छु । यसरी घुम्दै जाँदा बाहिरका राम्रा गतिविधिहरुलाई आफ्नो ठाउँमा आएर सदुपयोग गर्न चाहन्छु । र अरुलाई अनुभवहरु शेयर पनि गर्छु । बाइक यात्रा गर्दा म चाइनाको खासा, पश्चिमको कास्की, पर्वत, बाग्लुङ र डोरपाटनसम्म पुगेको छु । पूर्वमा चैनपुर, ताप्लेजुङसम्म पुगेको छु । बाइक यात्राले मानिसलाई नयाँ–नयाँ आईडिया र दिमागी थकानलाई हटाउने काम गर्छ । त्यसैले बेला–बेलामा यात्रा निस्किने गर्छु ।
तपाई खुशी कसरी रहनु हुन्छ ?
सानो होस् या ठूला सबै मानिसलाई आ–आफ्नै दुःख, कष्ट हुन्छ नै ति कष्टहरुलाई दिमागमा राखिरहे त्यसले मानिसलाई गम्भिर मोडमा पु¥याउँछ । त्यस तर्फ कुनै पनि मानिस लाग्नु हुँदैन र कल्पना गर्नु पनि हुँदैन । दुःखलाई क्षण भरमा भुल्ने प्रयास गर्नुपर्छ । मनलाई पवित्र र स्वच्छ बनाउनको लागि शारिरीक व्यायाम गर्न जरुरी छ । आहारविहारमा ध्यान पु¥याउन जरुरी छ । ति कामहरु मैले गर्दै आएको हुँदा म खुशी भएर बाँचिरहेको छु । मेरो दिमागमा नकारात्मक सोचलाई त्यागेर सकारात्मक सन्देशमूलक कार्यहरुमा बढी रुचि राख्छु । त्यसैले पनि म खुशी भएर हिंडिरहेको छु ।
जिन्दगीमा दुःख भने आइपरेन त ?
सुःख–दुःख त जिन्दगीको साथी नै रहेछ । धेरै कष्टहरु बेहोर्दैै आए । आफू सानो छँदा बाबाले घर छाडेर लापता भएको पीडा छुट्टै नै छ । त्यसपछि नाबालक भाईबहिनीहरुलाई शिक्षा–दिक्षा दिनु पर्ने बहिनीहरुको विवाह दान गर्नु पर्ने यी धेरै कष्टहरु यो शरीरले झेल्दै आयो । त्यति गर्दा गर्दै आफू समानको भाई दिलीप बित्दाको पीडा भने सही नसक्नु बन्यो । म कल्पना गर्छु, आज मेरो भाई दिलीप छँदो हो त मैले चालेको व्यवसाय धेरै माथि उठेर जाने थियो । तर उ छैन । एक्लै भएर व्यवसाय हाँक्न कम्मर कसेको छु ।
तपाई अहिले एक्लै हुनुहुन्छ ?
आमासँग हामी सपरिवार बसेका छौं । आमा अस्वास्थ्यका कारण औषधी उपचार गरिरहनु पर्छ । आमाको सेवासँगै व्यवसायमा समय खर्चेको छु ।
व्यवसायमा लाग्दा आर्थिक स्रोत कहाँबाट जुटाउनु भयो ?
वास्तवमा गम्भिर कुरा उठाउनु भयो । ३/३ वटा पेट्रोल पम्पको सुरुवात गर्नु चानचुने कुरा होइन । विशेष गरी बैंकिङ कारोबार मार्फत नै व्यवसाय सुरु गरिएको हो । दानाबारीमा पनि सुरु गर्दैछु ।
अहिलेसम्म बाबाको अत्तोपत्तो लागेको छैन ?
०४६ साल तिर हो बाबा साझा संस्था धाइजनको व्यवस्थापक भएर काम गर्नु हुन्थ्यो । बाबाले छुट्टीका दिन बाहुनडाँगी फुपुको घर हिंड भन्नु भयो । र मलाई पु¥याइदे भन्दा मैले काँकरभिट्टासम्म पु¥याएँ । त्यसपछि बाबाले तँ घर जा म फुपुकोमा पुग्छु भन्नु भयो र म घर फर्के । पछि कुरा बुझ्दा त बाबा बाहुनडाँगी नपुगी लापत्ता हुनुभएछ । हालसम्म पनि उहाँ सम्पर्क विहिन हुनुहुन्छ ।
तपाई खेलाडी पनि हो नि, होइन र ?
विद्यालयतिर फुटबल खेले । भलिबल चाँही जिल्लास्तरीयसम्म शनिश्चरेको नाम राख्दै खेल्न पुगे ।
मेचीमा कति पेट्रोल पम्पहरु छन् त थाहा छ ?
छ नि । दर्ता भएका ६१ वटा छन् । त्यस मध्येमा सबैभन्दा पुरानो बोलबम, हनुमान, गणेश र सुगम पम्प हुन् । उक्त पम्पहरु बिर्तामोडमा छन् ।
आउने युवाहरुलाई के सन्देश दिनुहुन्छ ?
समय मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो । यसलाई चिनेर सीपमुलक, रोजगारमुलक र प्राविधिक ज्ञान लिन पछि नहटौं । शरीरलाई स्वस्थ राख्दै नयाँ उन्नतिका बाटाहरुमा लागौं । जसले जीवनलाई चिनाइरहन्छ भन्न चाहन्छु ।
अन्त्यमा ?
मेरो विचार यलम्वर टाइम्स मार्फत आम जनतामा पु¥याइदिनु भएकोमा यस पत्रिकालाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । म जस्ता अन्य व्यवसायीहरुको पनि विचारहरु आओस् । सबै मिलौं । शनिअर्जुनलाई विकासको बाटोमा डो¥याऔं । कसैलाई अपमान हुने काम नगरौं । यही कुरा राख्न चाहन्छु ।