वीरता जेसीजको ३६औं साधारणसभा सम्पन्न « Yalambar Times
२८ बैशाख २०८२, आईतवार

वीरता जेसीजको ३६औं साधारणसभा सम्पन्न


यलम्वर टाइम्स
२५ पुष २०७३, सोमबार १०:५९

बिर्तामोड / वीरता जेसीज बिर्तामोडको ३६औं साधारणसभा आज सोमबार सम्पन्न भएको छ ।

अध्यक्ष सजेश शिवाकोटीको अध्यक्षतामा भएको समारोहको उद्घाटन प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले गरेका थिए ।

रोयल पार्टी प्यालेसमा भएको उद्घाटन समारोहमा नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष विनोद बस्नेत, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङ, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, अर्जुनधारा जेसीजका अध्यक्ष शार्दुल ओली, बुधबारे जेसीजका अध्यक्ष सेमन्त पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।

साधारणसभा उद्घाटन समारोह संयोजक वीरता जेसीजका कोषाध्यक्ष एकराज गिरीले स्वागत गरेको कार्यक्रममा निर्वाचन अधिकृत भक्तराज भारतीले निर्वाचन कार्यक्रमबारे जानकारी गराएका थिए ।

उपाध्यक्ष विनोद पाण्डेले जेसीज आस्था पाठ गरेको कार्यक्रमको सञ्चालन महासचिव प्रकाश सुवेदीले गरेका थिए । कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्षहरु गणेश शाक्य, शिव अग्रवाल, किरण श्रेष्ठ, हेम खड्का, राजेन्द्र चम्लागाई, आनन्द बस्नेत, वीरता लेडी जेसीजकी अध्यक्ष रजनी बजगाई लगायतको आतिथ्य रहेको थियो ।

साधारणसभाको बन्दसत्रले महासचिव प्रकाश सुवेदी, कोषाध्यक्ष एकराज गिरी, एम्बुलेन्स सञ्चालक समितिका संयोजक राजेन्द्र चम्लागाईले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।

त्यस्तै समयानुकूल जेसीजको विधानलाई परिमार्जन गर्न वीरता जेसीजका पूर्व अध्यक्ष शिवकुमार अग्रवाललको संयोजकत्वमा समिति बनाइएको छ । बन्दसत्रले जेसीजमा आवेदन गरेकामध्ये ४८ जनालाई सदस्यता प्रदान गरिने निर्णय गरेको छ । अब वीरता जेसीजको सदस्य संख्या २ सय ५७ पुगेको छ ।

वीरता जेसीजको सन् २०१७ का लागि नेतृत्व चयन गर्न चुनावी प्रक्रिया शुरु भएको छ । अध्यक्षका लागि एकराज गिरी, सञ्जु भारती र राजु धिमालले उम्मेद्वारी दर्ता गरेका छन् ।