अर्जुनधारा जेसीजको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न « Yalambar Times
२ माघ २०८१, बुधबार

अर्जुनधारा जेसीजको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न


यलम्वर टाइम्स
१४ फाल्गुन २०७३, शनिबार ०९:२०

jayceessssssss

 शनिअर्जुन / अर्जुनधारा जेसीज शनिश्चरेको नवनिर्मित भवन उद्घाटन गर्दै चौथो पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वर्ष ०१६ का अध्यक्ष सार्दुलहाङ ओली, यस क्षेत्रका राजनीतिक दल, संघसंस्थाका साथै पूर्व अध्यक्षहरुको अगुवाईमा वर्ष ०१७ का अध्यक्ष प्रल्हाद ढुंगानालाई चाँदीको चेन पहि¥याउँदै पद हस्तान्तरण गरिएको थियो । 22222

नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अर्जुनधारा जेसीजको २ कोठे नवनिर्मित भवन
को उद्घाटन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि थापाले स्थापना भएको छोटो समयमा नै अर्जुनधारा जेसीज राष्ट्रकै उत्कृष्ट
शाखा भई मेची–महाकालीसम्म शनिअर्जुनको पहिचान कायम गराएको र आफ्नो भवन निर्माण गर्न सफल भएकोमा शुभकामना व्यक्त गरे । सभापति थापाले अर्जुनधारा जेसीज सामाजिक कार्यमा सरिक हुँदै युवाहरुलाई सकारात्मक र रचनात्मक बाटोमा डोहो¥याको बताए । उनले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा जेसीजले खेलेको भुमिका सरहनीय भएको बताए ।

1111सोही अवसरमा जेसीजका संस्थापक इन्दिवर खड्का र वर्ष ०१४ का अध्यक्ष बसन्त सोमानीद्वारा आफ्नो मातापिताको स्मृतिमा स्थापित भिमबाबु–राधाकृष्ण पत्रकारिता पुरस्कारबाट यलम्वर टाइम्सका सहसम्पादक राजन साम्पाङ र पूर्वाञ्चल दैनिकका फोटो पत्रकार विनोद पाण्डेलाई जनही २५ सय र सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा जेसीज अगुवा विनोद बस्नेत, शनिअर्जुन नगरपालिकाका कार्यकारी अधिकृत मनोज राउत, शिक्षासेवी जयनारायण ढुंगाना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेकपा एमाले क्षेत्र नं. ४ का अध्यक्ष हरिकुमार राना, अञ्जना ढुंगाना, नेपाली कांग्रेस शनिअर्जुनका सभापति हेमराज खरेल, बुधबारे जेसीजका वर्ष ०१६ का अध्यक्ष सेमन्त पोखरेल, पूर्व राष्ट्रिय उपाध्यक्ष राजेन्द्र चौलागाई, वीरता जेसीजका वर्ष ०१७ का अध्यक्ष सञ्जु भारती, महिला नेतृ कुसुम राई, सरस्वती सिटौला, चन्द्रकला भण्डारी, मानार्थ सदस्य चतुर्भुज काफ्ले, विष्णु थापा, निरज ओली लगायतको आतिथ्य रहेको थियो ।

व्र्ष ०१५ का अध्यक्ष दिपीन राईले औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेको कार्यक्रमका सञ्चालन वर्ष ०१६ का महासचिव टीआर गौतम गरेका थिए भने आस्था वाचन सचिव देवेन्द्र मैनालीले गरेका थिए ।