‘अन्तर्राष्ट्रिय सम्मेलनपछि जनमुक्ति नेपाली जनताका लागि कोशेढुंगो बन्ने छ’ « Yalambar Times
२ माघ २०८१, बुधबार

‘अन्तर्राष्ट्रिय सम्मेलनपछि जनमुक्ति नेपाली जनताका लागि कोशेढुंगो बन्ने छ’


यलम्वर टाइम्स
२१ फाल्गुन २०७३, शनिबार ०४:२५

Untitled-1 copy

अन्तर्राष्ट्रिय सम्मेलनको तयारी कस्तो छ ?

हाम्रो पार्टीको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन यही फागुन २३–२५ गते काठमाडौं मा हुँदैछ । सम्मेलनको तयारी लगभग पूरा भईसकेको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन किन गर्न खोजिएको ?

तपाईलाई पनि थाह भएकै कूरा हो की राष्ट्रिय जनमुक्ति पार्टी ले आफ्नो स्थापनाको रजत बर्ष यसै साल पूरा ग¥यो । यो २५ बर्षमा पार्टीको विचारधाराको सफलता र विश्वासनियताकै परिणाम हो की नेपाल बाहिर रहेका प्रवासी नेपालीहरू समेत आज जनमुक्ति मञ्चको नाममा बिदेशमा क्रियाशील र संगठित भएका छन् । भारतदेखि बेलायतसम्म करीब २० मुलुकमा संगठित तिनै जनमुक्ति मञ्चका प्रतिनिधि र पार्टीका तमाम प्रतिनिधि बीच यो सम्मेलन हँुदैछ । यो सम्मेलनले नेपाल मात्र नभई अब विश्व स्तरमा परस्पर एकता, शान्ति र समृद्धिका खातिर जनमुक्ति विचारधारालाई फैलाऊने बिषयमा पनि कार्य नीति तय गर्ने छ । यसका साथै विश्वभर फैलियका नेपालीहरूको हकहितका लागि जनमुक्ति मञ्चलाई के कसरी अगाडी बढाउने भनि कार्य दिशा पनि लिईने छ ।

जनमुक्ति पार्टी नेपालमै त ठीकस“ग स्थापना भई सकेको छैन, अन्तर्राष्ट्रिय तिर किन खुट्टा तन्काउन खोजेको होला ?

हेर्नुस विचार भनेको सार्वभौम हो, त्यो त फैलिहाल्छ नि । नेपाल जस्तै बहुजातीय, बहुभाषीय, बहुधार्मिक, बहुसांस्कृतिक वा बहुराष्ट्रिय चरित्र भएका देशहरूले जनमुक्ति विचारधाराले वकालत गर्ने राजनीतिक पद्धति लागू गर्नु बुद्धिमानी हुनेछ । फेरी हाम्रा नागरिकहरू आज विश्वका विभिन्न राष्ट्रमा पुगेका छन्, उनीहरूको चासो र चिन्ता राज्यले लिनु पर्छ भन्ने हो । जहाँसम्म हाम्रो पार्टी नेपालमा नै स्थापित छैन भन्ने कुरा छ, त्यो चुनावी चस्माले हेर्दा हो । त्यो दोष पनि अब रहने छैन ।

अन्तर्राष्ट्रिय सम्मेलनपछि पार्टी कसरी अगाडी बढ्ला ?

निश्चय पनि पार्टीको यो अन्त र्राष्ट्रिय सम्मेलन पार्टी जीवनको लागि एउटा निर्णायक कोशेढुंगा साबित हुनेछ । हो यस पटकको सम्मेलनमा प्रवासी नेपालीहरूले नै भाग लिने छन् । तर आगामी दिनमा यसको क्षेत्र अरु बिस्तार हुनेछ । हामी जनमुक्ति विचारधारा मार्फत विश्वलाई एकता, शान्ति र समृद्धिको राजनीतिक बाटो देखाउन चाहनछौं ।

थप केही सन्देश ?

यो अन्तर्राष्ट्रिय सम्मेलनको सफलताको लागि खटिरहनु भएका देशबिदेश सबै तिरका पार्टी नेता, कार्यकर्ता, सहयोगी सबैलाई धन्यवाद । फागुन २३ गते हुने विशाल जनसहभगिता सहितको उद्घाटन सभामा भाग लिनु हुन पनि सबैलाइ आह्वान गर्न चाहन्छु ।