विरिङ खोलाको अनुगमन हुने « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

विरिङ खोलाको अनुगमन हुने


यलम्वर टाइम्स
२१ फाल्गुन २०७३, शनिबार ०५:५०

biringशनिअर्जुन / विरिङ खोला जलाधार व्यवस्थापन समिति केन्द्रले जलाधार अन्तर्गत रहेको सबै ब्लकमा अध्ययन अनुगमन गर्ने भएको छ ।

विरिङ नदीमा जथाभावि स्काभेटर हालेर नदी उत्खनन् गरेको हुँदा ब्लकको भावना विपरित काम भएको भन्दै अनुगमन सुरु गर्ने भएको हो । जलधार केन्द्रीय कार्यसमिति र ब्लकका प्रतिनिधिहरु बिच रेडक्रस सोसाइटी शनिश्चरेको सभाहलमा भएको भेलामा जलाधार अन्तर्गत गठित ब्लक समितिको भावना विपरित ठेकेदारहरुले स्काभेर लगाएर गिटी, बालुवा निकाल्दा छेउ छाउका जमिन सुख्खा हुन गई कुवा, धार र कुलेसो समेत सुकेको हुँदा त्यसो नगर्न ठेकेदार पक्षलाई अनुरोध गरिएको छ ।

विरिङ जलाधार समितिले निर्माण भएका ब्लक समितिमा परेको पीरमार्का बुझ्नका लागि ब्लक नं. ९ विरिङको शिरबाट दक्षिण घैलाडुब्बाका ब्लकसम्म पुग्ने भएको छ । शनिबार बसेको छलफलमा विरिङ खोलामा लगाइने तट्बन्धन विरिङ जलाधार समितिमार्फत गरिने समेत निर्णय गरेको सचिव मानबहादुर कार्कीले बताए ।