नगरको इज्जत राख्न स्वस्तिकाको अह्म भूमिका हुनेछ : बसन्त « Yalambar Times
७ माघ २०८१, सोमबार

नगरको इज्जत राख्न स्वस्तिकाको अह्म भूमिका हुनेछ : बसन्त


यलम्वर टाइम्स
१० चैत्र २०७३, बिहीबार ०५:५१

 

Inteview copy

बसन्त श्रेष्ठ स्वस्तिका शिशु सदनका संस्थापक सदस्य हुन् । अर्जुनधारा नपा–८ निवासी श्रेष्ठ दुई वर्ष यतादेखि विद्यालयलाई कसरी उत्कृष्ठ बनाउने भन्ने विषयमा जुटेका छन्। आर्किटेक्चर इन्जीनियरिङमा स्नातक गरेका श्रेष्ठ अबका सन्ततिहरुलाई प्राविधिक शिक्षा भएन भने आफ्नो उज्वल भविष्य निर्माण गर्न सक्दैनन् भन्ने पक्षमा छन् । त्यसैले पनि स्वस्तिका शिशु सदनलाई प्राविधिक शिक्षा प्रदान गर्ने थलो बनाउनका लागि अहोरात्र खटिरहेका छन् । उनैसँग शिक्षा सम्बन्धि गरिएका प्रश्न :

हाल केमा व्यस्त हुनुहुन्छ ?

विद्यालय सञ्चालन गर्ने विषयमा म विद्यार्थी नै छु । विगत दुई वर्षअघि अध्ययन सिध्याएपछि विद्यालयलाई राम्रो र सबैका लागि हाम्रो बनाउनका लागि व्यवस्थापनसँगै चुस्तदुरुस्त शिक्षा दिनका लागि खटिरहेको छु ।

कस्तो शिक्षा प्रदान गर्दै हुनुहुन्छ ?

अहिलेको समयमा प्राविधिक शिक्षा अतिनै महत्वपूर्ण बन्दै आएको छ । मैले पनि प्राविधिक विषय नै अध्ययन गरेर आएको हुँ । त्यसैलाई मध्यनजर गर्दै प्राविधिक शिक्षामा जानु अघि आधारभूत शिक्षा अति नै महत्वपूर्ण भएर आउँछ । त्यसतर्फ म कोशिस गरिरहेको छु । भन्नै पर्दा अर्जुनधारा नगरपालिकाको गरिमा उच्च राख्न स्वस्तिका शिशु सदनले महत्वपूर्ण भूमिका खेल्ने छ ।

विद्यालयलाई अगाडि बढाउने रणनीति कस्तो छ ?

विद्यालयका आ–आफ्नै तरिका हुन्छन् । विषयसँग दक्ष शिक्षकहरुबाट विद्यार्थीहरुको मनोवैज्ञानिक बुझेर तिनका भावनलाई कदर गर्दै चौतर्फी विकासको लागि सम्पूर्ण सामाग्री र भौतिक संरचना भवन इत्यादिको निर्माण साथै प्लस टुको विषयलाई मध्यनजर गर्दै चाँडै सञ्चालन गर्ने तर्खरमा छौं ।

शिक्षालाई कसरी बुझ्नुभएको छ ?

शिक्षा विना संसार अँध्यारो छ । त्यसैले प्रत्येक अभिभावकले आफ्ना नानीहरुलाई उज्यालो दिशामा लैजानका लागि जुन मिहेनत गर्नुभएको छ, उहाँहरुको भावनालाई कदर गर्दै उज्यालोका बाटोहरु देखाउन हामी कोशिस गरिरहेका छौं । कुराले भन्दा कामबाट अभिभावको मन जित्ने प्रयत्न गरिरहेका छौं । त्यसैले पनि अशिक्षा भनेको अन्धकारको रात हो भने शिक्षा पूर्णिमाको जुन हो ।

शिक्षा क्षेत्रमै जीवन बिताउने हो त ?

अवश्य ! म सानो छदा यो समाजलाई उज्यालो प्रकाश कसरी दिन सकिन्छ भन्ने सोच्ने गथ्र्ये । सभ्य र समुन्नत समाजको परिकल्पना शिक्षा भन्ने बुझेको थिएँ । विगत ५ वर्षदेखि विद्यालय हाम्रो हातमा आइपरेपछि यसलाई र यसका संस्थापक स्व. प्रकाश बुढाथोकीले परिकल्पना गरेको शिक्षा प्रदान गर्न हामी पछि हटेनौं । यस स्वस्तिका शिशु सदनले ३१ औं बसन्त पार गरेको हुँदा यसको गरिमा उच्च राख्नको लागि हामी सक्रिय रहनेछौं ।

हामीलाई यस क्षेत्रका अभिभावकले असाध्यै मायाँ गर्नुभएको छ । उहाँहरुको मायाँलाई हामी भुल्न सक्दैनौं । हामीले गरिब, असाहय, जेहेन्दारलाई पनि केही सेवा सुविधा दिएका छौं । आउने दिनमा स्वस्तिकाले मन फराकिलो पार्दै अभिभावकको मन जित्दै जानेछ भन्नेमा पनि म विश्वस्त छु ।

अन्त्यमा केही छ ?

स्वस्थ प्रतिस्पर्धामा विद्यालय चलाऔं । कसैले कसैसँग वैरीभाव नराखौं म यही अग्रजहरुलाई अनुरोध गर्न चाहन्छु । हामी निजी विद्यालय अन्तर्गत प्याव्सनको छाता मुनि रहेर शैक्षिक संस्थालाई चलाइरहेका छौं । त्यसको नियम र परिधिमा रहेर अगाडि बढेको खण्डमा सबैलाई राम्रो हुनेछ ।

मेरो भनाई यस यलम्वर टाइम्स अखबारले लेखिदिएर आम पाठकहरु माझ पु¥याई मलाई परिचय दिन सजिलो बनाएकोमा यस पत्रिकाको टिमलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । म उमेरले पनि सानो, शैक्षिक क्षेत्रमा पनि कान्छो भएकोले सबैबाट सहयोग रहनेछ भन्ने आशामा छु ।