संघीयतासंगै पुनः स्थापित हुनुपर्छ अतिक्रमित र अपभ्रंश स्थान नामहरु « Yalambar Times
६ पुष २०८१, शनिबार

संघीयतासंगै पुनः स्थापित हुनुपर्छ अतिक्रमित र अपभ्रंश स्थान नामहरु


यलम्वर टाइम्स
२४ जेष्ठ २०७४, बुधबार ०७:४२

–निनाम लोवात्ती कुलुङ
एकभाषाले अर्को भाषालाई अतिक्रमित गर्ने क्रम विश्वका जुनसुकै देशमा तीब्ररुपले चलिरहेको पाइन्छ । खासगरी यो एक भाषालाई अर्को भाषाले अतिक्रमण गर्ने काम स्थान नामहरुको सन्दर्भमा बढी पाइन्छ ।
नेपालको सन्दर्भमा त झनै व्यापक रुपमा लागू भएको देखिन्छ । त्यसमा पनि एक त आन्तरिक रुपमा खस नेपाली भाषा र बाह्रय रुपमा विदेशी भाषाहरुले नेपालका आदिवासी जनजातका भाषाहरुलाई अतिक्रमण गरेको देखिन्छ । खासगरी आदिवासी जनजातिका भाषामा रहेका अधिकांश स्थान नामहरु आन्तरिक रुपमा खस नेपाली भाषा र बाह्रय रुपमा विदेशी भाषाहरुले द«ुत गतिमा आक्रमण गरिरहेको देखिन्छ । विषेशतः हिन्दु खस भाषा, हिन्दु देवी देवता र, अंग्रेजी भाषाले तीव्रगतिमा अतिक्रमण÷अतिक्रमण गरिरहेको छ । आदिवासी जनजातिका भाषालाई अपभ्रंशित् बनाइरहेको छ । जस्तो पूर्वको मेची अञ्चलको इलाम जिल्लामा रहेको अन्तुडाँडा, सन्दक फु, लुंगेलीटार, आदिका स्थान नामहरु क्रमशः दीपेन्द« शिखर सन्दकपुर आदि भएको छ । यी नामहरु लेप्चा र शेर्पा आदिबासीहरुका स्थानीय स्थाननामहरु हुन् । त्यस्तै तेहृथुमको सदरमुकाम ‘मियोङ लुङ’ आजभोलि म्याङलुङ भएको छ । जबकि म्याङलुङमा ‘ओ कार’ थपेर ‘म्योङलुङ’सम्म बनाए पनि भैहाल्थ्यो ! तर, अहँ, यसमा कसैको चासो देखिदैन । झन अरु बेला लिम्बुवान भए हुन्थ्यो भने जस्तो गर्ने तर, निर्वाचनको बेला (खासगरी स्थानीय निकाय, प्रदेशर संघको टिकट बाँड्ने बेला) मा भने तैं चुप मैं चुप भएर बस्ने लिम्बुहरुलाई नै यसबारेमा चासो नभएपछि म एकजना कुलुङले जतिपटक जतिवटा पत्रपत्रिका वा अनलाइनमा लेखे पनि के मतलब ?
उता लिम्बु भाषामै ‘हात्तिलेङे’, पूरै खोलालाई हिंगुवा खोला भनिन्छ भने उक्त खोलाबाट बग्ने, झरनाको नाम ‘ह्यात्रुङ’ भएको छ । त्यति मात्र हैन नगररोन्मुख मियोङ लुङमा पर्ने तुम्भुङला तम्फुला भएको छ । र, तेहृथुमकै ‘सुम्दोवा’ सम्दु र ‘सङबो’ संगपु भएको छ । उता संखुवासभाको तुमलुङटार’ तुम्लिङटार भएको छ भने भोजपुरको ‘लुङखिम’ लिङखिम भएको छ । त्यही भोजपुरको ‘कुलुङ’ गाउँको नाम भने जस्ताको तस्तेै कुलुङ नै कायम छ हालसम्म । स्मणीय छ, कुलुङ जाति नेपालको प्राचीन आदिवासी हुन् । यता सोलुखुम्बुको ‘फुसतेल’ र सोत्तो गाउँहरु पनि क्रमशः सोताङ र शिबटार÷कृष्णटार भएको छ । अब संघीयतासँंगै माथि उल्लेखित बाहेक नेपालमा जति पनि आदिवासी जनजातिको भाषामा रहेको तर, पछि अपभ्रंषित भएको स्थान नामहरु छन्, ती सबैको नामहरु पहिले–पहिले स्थानीय जनता विषेशतः आदिवासी जनजातिहरुले जे–जे नाम दिएका थिए, जे–जे नामले पुकार्थे ती–ती नामहरु नै पुनः स्थापित गरिनु/लेखिनु/उच्चारण गरिनु पर्छ । यसको लागि सरकारले नै सार्वजनिक रुपमा घोषणा गर्नु पर्छ कि, संघीयतासँंगै एकल जातीय, हिन्दुकरणमा परेर विस्थापित भएका आदिवासीका भाषामा रहेका सम्पूर्ण स्थान नामहरुको पुनः उनीहरुकै भाषामा नामाकरण गरिने छ भनेर ।
उता धनकुटाको भेडेटारको नाम बेलायती युवराज चाल्र्सको नामको आधारमा चाल्र्स भ्यु प्याइन्ट भएको छ, भने खोज्दै जाँदा नेपाल भरि नै स्थानीय नामहरुको, खास गरी मातृभाषामा राखिएका/रहिआएका स्थानीय नामहरु नेपालीखस र विदेशी विशेषतः अंग्रेजी भाषाको अतिक्रमणमा परेका छन् । पोखरा नजिकको ‘ह्याङजा’ अहिले हेम्जा भएको छ भने पोखराकै ‘पाताले छाँँगो’ डेवि’ज फल्स भएको छ । स्वीस तरुनी डेवी उक्त छागाँबाट खसेर मरेपछि ‘पाताले छाँँगो’ डेवि’ज फल्स भएको हो ।
नेपालका हिमालका नाम पनि खुबै अतिक्रमणमा परेका छन । ती हुन सेवालुङ (कञ्चनजघां), फक्ताङलुङ (कुम्भकर्ण), (जान्नु) सेसेलुङ (मकालु), चोमोलुङमा (सगरमाथा) खस (एभेरेष्ट) उर्कीमा (बाडेन पावेल ) जाक्सम्बा (पासाङल्हामु) धाम्पुस, थापा पिक आदि हिमालहरु भाषिक रुपमा अतिक्रमणमा परेका हिमालहरु हुन् । यसरी जर्वजस्त ढंगले स्थाननामहरु अतिक्रमित हुदै गएका छन भने नयाँ नाम राख्ने क्रममा विबाद र होडिङ बोर्ड फालाफाल समेत भएको उदारणहरु थिए÷छन । जस्तो तत्कालीन ललितपुर उ.म.न.पा.—१४ (हाल महानगर पालिका) को नखिपोटको खेल मैदान नजिक आदिवासी विशेषतः लाहुुरे परिवारको बाक्लो बस्ती भएकाले ‘किरात चोक’ नामाकरण गरियो । तर, पछि उपमहा नगरपालीकाको समेत मिलेमतोमा स्थानीय रैथानेहरुले शिव चोक बनाएरै छाडे । यसरी हेर्दा हाल विश्वभरि नै आफ्नै मौलिक नाम पुनःस्थापना गर्ने चलन बढ्दो छ । जस्तो कि भारतको बम्बई मुम्बई, मद्रास चेन्नाई, कलकत्ता कोलकाता आदि पुनः स्थापित नामहरु हुन् भने बर्मा पनि हाल म्यानमार भैसकेको छ भने बर्माको राजधानी रंगुन पनि यांगुन भएको छ ।
नेपालमा पनि चर्कोरुपमा जाति भाषाको कुरा गर्नेेहरुले र, संघीयताको मर्म अनुरुप पनि सगरमाथालाई चोमोलुङमा, गणेश हिमाललाई ख्वाप्स्लाङ कार्पो, सोताङलाई फुसतेल, हेम्जालाई ह्याङजा, ह्यात्रुङलाई हात्तिलेङे, लिङखिमलाई लुङुखिम, तुम्लिङटारलाई तुमलुङटार, कंचनजंघालाई सेवालुङ, मकालुलाई सेसेलुङ आदि भनी किन पुनः नामाकरण नगर्ने ? त्यतिमात्रै होइन, नेपाल भरिका आदिबासीका मातृभाषामा रहेका÷रहिआएका स्थान नामहरु पुनः स्थापित गराउन किन पहल नगर्ने ? उसो त धनब«ज बज«चार्यको संकलन लिच्छवीकालीन अभिलेख नामक पुस्तकमा लेखिए अनुसार काठमाडौ उपत्यका लगायत वरपरिका स्थान, खोलानाला आदिको स्थानीय नाम असी प्रतिशत भन्दा बढी किराती परिवारको भाषामा छन् वा थिए भनी स्व. धनबज्र बज्राचार्य लिखित लिच्छवीकालीन अभिलेख नामक किताबमा लेखिएको छ । हुन त केही हदसम्म पूर्वतिर नेपालका आदिवासी जनजातिको भाषा, इतिहास पुरुष, सांस्कृतिक धरोहर, हिमाल आदिको नाममा नयाँ गाउँपालिको नामहरु स्थापित भएका छन् जसलाई एक कदम अगाडि बढेको मान्न सकिन्छ, जातीय र भाषिक चेतना आएको मान्न सकिन्छ । तर, सुन्दै अचम्म लाग्ने के भने रसुवा जस्तो तामाङ बहुल जिल्लाको प्रायः सबै गाउँपालिकाको नाम हिन्दु देवी देउता कुण्ड आदिको नाममा राखिएको पाइन्छ । यसलाई के भन्ने ? त्यहाँका तामाङ समुदायमा अझै पनि ऐतिहासिकता, जातीय र भाषिक चेतना नआएको मान्ने कि ? राज्यपक्षका मान्छेहरुसँग त्वम्–शरणम् गरेको भन्ने कि ? सुक्री–बिक्री भएको ठान्ने कि ? वास्तविकता के हो ?