अर्जुनधाराका एक धरोहर अस्ताए « Yalambar Times
२२ पुष २०८१, सोमबार

अर्जुनधाराका एक धरोहर अस्ताए


यलम्वर टाइम्स
१७ भाद्र २०७४, शनिबार ०९:१४

अर्जुनधारा / मातृ भूमिको असाध्यै माया गर्ने शिक्षासेवी तथा धार्मिक व्यक्तित्व मोहनप्रसाद शिवाकोटी यो धर्तीमा रहेनन् । उनको ८१ वर्षको उमेरमा सोमबार बिहान निधन भएको थियो ।

बिहान मर्निङवाक पछि असजिलो महशुस भएको भन्ने वाक्य उनको मुखबाट आयो । हतार–हतार अस्पताल लैजाँदै गर्दा बाटैमा निधन भएको पारिवारले बताए । बिगत एक दशक अघिदेखि मुटु रोग सम्बन्धि औषधि उपचार गरी घरैमा रहेका मोहन सर अस्वस्थका बाबजुत पनि अर्जुनधारा जलेश्वरधाममा कुशलता पूर्वक अध्यक्ष पद ग्रहण गरी अर्जुनधारा मन्दिरलाई फराकिलो दृष्टिकोणमा लैजान उनको ठूलो योगदान रहेको छ ।

अर्जुनधारालाई गुरुकुल पद्दतीमा लैजान, मन्दिरलाई व्यवस्थित गरी आउने धार्मिक पर्यटकलाई सुविधा पूर्वक पूजापाठ गर्न र मन्दिर वरिपरि वृक्षरोपण गरी हरियाली बनाउन उनको कार्यकालमा हुन पुगेको थियो ।

उनकै कार्यकालमा अर्जुनधारा जलेश्वरधाममा पूर्व राष्ट्रपति रामवरण यादव, पूर्वराजा ज्ञानेन्द्र र देश परदेशका सन्त महन्तहरुको आगमन भएको थियो । राजा ज्ञानेन्द्र आउँदा उनले अर्जुनधाराको महिमा र विकासका विषयमा कार्यपत्र सहित जानकारी गराउँदा पूर्वराजा ज्ञानेन्द्रले ‘म केही गर्छु, तपाई ढुक्क हुनुहोस्’ भनेको कुरा यस साप्ताहिकलाई जानकारी गराएका थिए ।

शिवाकोटीले अर्जुनधाराको विवरण विस्तृत रुपमा राख्दै गर्दा पूर्वराजा ज्ञानेन्द्रको एडीसीले पेटमा चिमोटेर छोट्याउनुस् भन्दा अध्यक्ष शिवाकोटीले एडीसीलाई मलाई चिमोट्ने तपाई को हो ? के दर्शन गर्न आउनुभएका पूर्व राजालाई अर्जुनधाराको वस्तु स्थिति दर्शाउन नपाउनु भनेर झोक्किदा पूर्वराजा ज्ञानेन्द्र मुसुक्क हाँस्दै भन्नुहोस् अध्यक्षज्यू भन्नुभयो । दर्शनपछि यस स्तम्भकारलाई अध्यक्ष शिवाकोटीले स्मरण गर्दै बताएका थिए ।

इलामको गोलाखर्कमा १९९३ मा जन्मेका शिवाकोटी दक्षिण सिक्किमको तोेरुङ्गमा जाँदा पनि त्यस ठाउँमा विद्यालय खोलेर गरिब, असाहयका छोराछोरीहरु पढ्न पाउनुपर्छ भनेर लागि परेका थिए । अझै पनि सिक्किममा मोहन सर भनेपछि उनका चेलाहरु नमन गर्छन् । २०१६ साल शनिश्चरे माविको प्रध्यानाध्यापक नियुक्ति भएपछि शनिश्चरे विद्यालयलाई अबल्ल स्थानमा पु¥याउने उनको योगदान रहेको उनका समकालीनहरु बताउँछन् ।

त्यतिमात्र होइन, अर्जुनधारा गाउँ पञ्चायतको दुई कार्यकाल अध्यक्ष भएपछि

गाउँ समाजमा उत्तिकै योगदान पु¥याएको र नेपाल रेडक्रस सोसाइटीको सभापति भएर रेडक्रस शनिश्चरेमा छ भन्ने छाप पु¥याएको त्यसबेला उनकै कार्यकालमा एम्बुलेन्स सञ्चालन गरी दुरदराजका विरामीहरुलाई बचाउन ठूलो योगदान पु¥याएको देखिन्छ ।

 

उनी सामाजिक उद्दार तथा उपकार संघको सल्लाहकार भएर काम गरिरहेको हुँदा शरीर जीवित रहँदै केही गर्नुपर्छ भन्ने सन्देश दिन सक्ने मोहन सरको मंगलबार हिन्दू सनातनी परम्पराबाट कनकाई माईमा अन्त्येष्टी गरिएको थियो । अन्त्येष्टी गर्नुअघि उनको शव अर्जुनधारा जलेश्वरधाममा परिक्रमा गराई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

त्यसपछि उनलाई शनिश्चरे उमाविको प्राङ्गणमा लगी शोक समवेदनासहित श्रद्धाञ्जली अर्पण गरेका थिए । समाजिक अभियान्ताका रुपमा रहेका शिवाकोटी नेपाली कांग्रेसका स्तम्भ भएर ०६२/०६३ को जनआन्दोलनमा

 

उनको सहभागिता त्यतिकै देखिन्थ्यो । प्रजातन्त्र बिना जनताको मुक्ति सम्भव हुँदैन भन्ने शिवाकोटी स्पष्ट वक्ताका रुपमा रहेका उनका समकालिन समाजिक व्यक्तित्व मोहन काफ्लेले यलम्वर टाइम्सलाई बताए ।

आमा विशेषस्वरा बुबा चक्रप्रसादको सन्तानको रुपमा जन्मिएका स्व. मोहनप्रसाद शिवाकोटीकाव श्रीमती टीकादेवी र छोरा खेम/गोमा, सुरेश/निर्जा र भुपेन्द्र/नोभा रहेका छन् भने त्यस्तै दुई छोरी सारदा/विष्णु प्रसाई र सुनिता/नगे

 

न्द्र विमली सहित ११ नातिनातिना छन् ।