मन्त्रि प्रसाईको पहिलो नजर अब महिला सशक्तिकरणको लागि « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

मन्त्रि प्रसाईको पहिलो नजर अब महिला सशक्तिकरणको लागि


यलम्वर टाइम्स
२५ भाद्र २०७४, आईतवार ११:४०

अर्जुनधारा / कृषि राज्य मन्त्रि सरिता प्रसाईले महिला सशक्तिकरणको लागि संसद कोषबाट रकम छुट्याई सक्दो सहयोग गर्ने बताएकी छिन् ।

नेपाली कांग्रेस अर्जुनधारा नगर समितिद्वारा मन्त्रि प्रसाईलाई सम्मान कार्यक्रममा प्रमुख आतिथ्यको आसन ग्रहणबाट आफ्नो क्षेत्रका महिलाहरुको उन्नति र समृद्धिको लागि आफ्नो पहिलो नजर रहने र उच्च प्राथमिकता दिएर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा डेढ दर्जनभन्दा बढी महिला समूहहरुको सहभागिता रहेको थियो ।

मन्त्रि प्रसाईले वीपीको समाजवादबाटै मुलुकले नयाँ निकास पाएको बताउँदै आज देशभर १०४ औं वीपी जयन्ती मनाईरहेको बताइन् । महिला सशक्तिकरणको लागि वीपीको मेलमिलाप सिद्धान्तबाट सबै महिला दिदीबहिनीहरुलाई अटाएर लाने र सक्दो सहयोग गरेर जाने पनि दोहो¥याइन् ।

कार्यक्रममा क्षेत्रीय सभापति भिम राजवंशी महिला नेतृ चन्द्रकला भण्डारी, जिल्ला सदस्य सरस्वती सिटौला, कविता बस्नेत, महासमिति सदस्य दिपक तामाङ, टीका प्रसाई, किरण श्रेष्ठ लगायतले वीपीको १०४ औं जन्म जयन्तीको विषयमा आ–आफ्नो विचार राखेका थिए ।
नगर सभापति हेमराज खरेलको सभापतित्वमा भएको सम्मान कार्यक्रममा मन्त्रि प्रसाईलाई डेढ दर्जनभन्दा बढी संघसंस्थाले सम्मानपत्र, खादा र फूलले अभिनन्दन गरेका थिए ।

सोही समयमा सामूहिक उद्धार तथा उपकार संघले पनि मन्त्रि प्रसाईलाई सम्मान गरेको थियो ।
बाबुराम बुढाथोकीको स्वागत रहेको कार्यक्रमको सञ्चालन नगर सचिव डिल्लीराम सापकोटाले गरेका थिए ।