नगरवासीको स्वास्थ्य सेवामा नगरको दायित्व रहनेछ: प्रमुख राना « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

नगरवासीको स्वास्थ्य सेवामा नगरको दायित्व रहनेछ: प्रमुख राना


यलम्वर टाइम्स
७ आश्विन २०७४, शनिबार ०४:३४

अर्जुनधारा ।

नगर प्रमुख हरिकुमार रानाले नगरवासीको स्वास्थ्य सेवामा नगरपालिकाको प्रमुख दायित्व रहने बताएका छन् ।

नगरपालिकास्तरमा सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रमको सुदृढीकरणका लागि भएको दुई दिने अभिमुखि कार्यक्रममा नगर प्रमुख रानाले नगरवासीका लागि राज्यबाट आएका सुविधाहरु प्रदान गर्न कञ्जुस्याँइ नगरी जनतालाई बुझाएर स्वास्थ्य सेवा लिने बाटोमा नगरपालिका सक्रिय हुने बताए । प्रमुख रानाले स्वास्थ्य सेवामा जनतालाई दिने कार्यक्रम स्वास्थ्यकर्मीहरुबाट सरल रुपमा प्रदान गर्न पनि निर्देशन दिएका थिए ।

राज्यले गाउँमा स्वास्थ्य विमा लागू गरेर सरल रुपमा स्वास्थ्य सेवा दिन आटेको हुँदा गाउँ–गाउँका जनतालाई बुझ्न र सजिलो होस् भन्नका लागि सम्बन्धित वडाका अध्यक्ष र स्वयम्सेविकाहरुलाई बोलाई उक्त छलफल चलाएको थियो ।

एक घरका ५ जना सदस्य बराबर रु. २ हजार ५ सय तिरेर रु. ५० हजारसम्मको स्वास्थ्य सेवा सरल रुपमा सुविधा लिन सकिने गोष्ठीमा बताइएको थियो । ५बाट ६ जना पुगे रु. ४२५ थपिनु पर्ने, यसरी नै थप्दै सेवा लिन सकिने प्रावधान रहेको पनि बताए ।

गोष्ठी पछि स्वास्थ्य सुरक्षा संयोजन समिति समेत गठन गरिएको थियो । समितिको संयोजकमा प्रमुख हरिकुमार राना, सदस्य सचिवमा कार्यकारी अधिकृत राधाकृष्ण खतिवडा, सदस्यमा नगर स्वास्थ्य प्रमुख मुकुन्द बस्नेत, शिक्षा प्रमुख जानुका गुरागाईं, ज्येष्ठबाट रामप्रसाद भट्टराई, केशव अधिकारी र डिल्ली पोखरेल रहेका छन् ।

कार्यक्रममा स्वास्थ्य प्रणालीका वरिष्ठ प्राविधिक अशोक पौडेल, जिल्ला जनस्वास्थ्य कार्यालयका कुलप्रसाद पौडेल, स्वास्थ्य बीमाका रमेन्द्र कुसुवाहा, हेल्पर लाइटका निरज सापकोटा, मुकुन्द बस्नेत, पशुपति चौधरी, दिलीप पोखरेल र वडा नं. ३ का अध्यक्ष जीवन भण्डारी लगायतले बोलेका थिए ।