अर्जुनधारा नगरपालिकाको वडा–वडामा पूर्वाधार विकास समिति गठन गरिदैँ « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

अर्जुनधारा नगरपालिकाको वडा–वडामा पूर्वाधार विकास समिति गठन गरिदैँ


यलम्वर टाइम्स
१८ पुष २०७४, मंगलवार ०८:२५

अर्जुनधारा । नगर प्रमुख हरिकुमार रानाले विकासका नाममा भ्रष्टाचार हुन पुगे अब नगरले त्यसलाई नछाड्ने बताएका छन् । वडा–वडामा पूर्वाधार विकास गठन गर्दै जाने क्रममा उपस्थित जनतामाँझ उक्त कुरा बताएका हुन् ।

प्रमुख रानाले सिंहदरबारको अधिकार गाउँमा आइसकेको, कतिपय अधिकार आउँन बाँकी रहेको हुँदा वडावासी विकास निर्माण कार्यमा सजक र सचेत हुनुपर्नेमा जोड दिए । नगर प्रमुख रानाले अगाडि भने –त्यो बेला जिल्लाबाट आउने बजेट पूर्वाधार निर्माण समिति र जिल्ला प्राविधिकले आदी हिसाब मिलान गरेर पचाउँथे र बाँकी पैसाले भने निर्माण काम हुन्थ्यो । अब त्यस्ता दिन गएको बताउँदै अब जो समितिमा रहन्छ, उसले गरेको विकासका कामहरु सम्बन्धित वडाले हेर्नेछ । वडाले पनि गल्ती गर्यो भने त्यसलाई नगरले हेरेर मुल्याङ्कन गर्ने बताए ।

वडा–वडामा पूर्वाधार विकास समिति गठन गर्नु अगाडि प्रमुख हरिकुमार रानाले विकास निर्माणका कार्यमा जनताले प्रत्यक्ष निगरानी गर्नुपर्ने बताउँदै समृद्ध र विषादीमुक्त नगर बनाउन जुट्नु पर्ने दायित्व भएको बताउँदै नगरले एक वडा बराबर ५ वटा टोल, एक टोल बराबर ५ वटा बस्तीको नीति बनाएर अगाडि बढ्ने बताए । पूर्वाधार विकास गठन अभियानमा उपप्रमुख कमला आचार्य खतिवडा, नगर अधिकृत राधाकृष्ण खतिवडा र हेमराज सेढाई लगायतले सहजीकरण गरेका थिए ।

गठन प्रक्रियामा वडाका विभिन्न राजनीतिक दल सामाजिक संघसंस्थाका प्रमुख र सचेत नागरिकको पनि उत्तिकै उपस्थिति रहेको थियो । यसरी गठन गर्ने क्रममा नगर क्षेत्र अन्तर्गत पहिलो अर्जुनधारा वडा नं. २ मा रघु खनालको सभापतित्वमा विकास निर्माणलाई सहज बनाउने उद्देश्यले राजेन्द्र वाग्लेको संयोजकत्वमा पूर्वाधार विकास समिति गठन गरिएको छ ।

त्यस क्षेत्रको विकास निर्माणलाई सहज बनाउन पूर्वाधार विकास, सामाजिक विकास, वातावरण तथा विपत्त व्यवस्थापन, सार्वजनिक सेवा तथा क्षमता विकास समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा रुपनारायण समाल, अम्बरबहादुर समाल, हरिकृष्ण पोखरेल, सुरेश लायो, प्रेमबहादुर आचार्य, निर्माण आचार्य, सोमनाथ बाँस्कोटा, बृद्धमाया योङहाङ, चन्द्रकुमारी सिन्चीउरी, हरि घिमिरे, तुलसी उप्रेती, कमल कुमाल, भूमिका खनाल, खगेन्द्र कोइराला, पवित्रा सापकोटा, झलेन्द्र घिमिरे, डोरबहादुर उपरकोटी, प्रेमसागर खनाल, मनकुमार शिवा, चित्रा फागो, पुण्यप्रसाद बाँस्कोटा, तुलसी खतिवडा रहेका छन् ।

त्यस्तै सामाजिक विकास समितितर्फ भने इन्दिरा पराजुलीको संयोजकमा २५ सदस्यी नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको सदस्यहरुमा अर्जुन समाल मगर, तुलसी ढकाल, शारदा समाल, भेषबहादुर समाल, रंगलाल खतिवडा, बालकृष्ण आचार्य, कृष्णकुमारी ढुंगेल, धनबहादुर सिन्चीउरी, जानुका न्यौपाने, कृष्णप्रसाद दंगाल, धनबहादुर उपरकोटी, जीतबहादुर कुमाल, सीता शिवा, इन्दिरा अधिकारी, दुर्गाप्रसाद तिम्सिना, माधव गौतम, कोपिला रिसाल, बबिता रम्तेल, माधव ढुंगेल, सञ्जय बस्नेत, प्रेम गजमेयर, गीता दुतराज, इन्द्र सापकोटा, तेरण श्रेष्ठ लगायत रहेका छन् ।

यस्तै वातावरण तथा विपत्त व्यवस्थापन समितिमा उत्तम समालको संयोजकत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको सदस्यहरुमा कुमार जवेगू, प्रेम समाल, लक्ष्मी राना, ध्वोजबहादुर समाल, पूर्णकुमार उप्रेती, चन्द्र पराजुली, चन्द्रा दाहाल, मिरानन्द पोखरेल, कृष्ण आङ्दाम्बे, अस्मीता भुजेल, नेत्र पौडेल, राजा साँवा, रमेश फुयाँल, भानुभक्त भेटवाल, याम भट्टराई, लोकेन्द्र आले, लीला तामाङ, धनबहादुर उपरकोटी, योगप्रसाद बराल, बालकृष्ण खनाल, अनन्त खनाल, अम्बीका बाँस्कोटा, सरस्वती ओझा र मुक्तिनाथ भण्डारी रहेका छन् ।

यसरी नै सार्वजनिक सेवा तथा क्षमता विकास समितिमा विमल रोक्काको संयोजकत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । सदस्यहरुमा सन्तोष राना, शोभा न्यौपाने, धनबहादुर राई, बिनिता समाल, गोपाल कृष्ण न्यौपाने, हेम सार्की, उर्मिलादेवी पोखरेल, गणेश उप्रेति, सन्तोष खेवाङ, गोविन्द घिमिरे रहेका छन् ।

यसरी नै वडाध्यक्ष ध्यानबहादुर भारतीको सभापतित्वमा पूर्वाधार समिति गठन गरिएको छ । सामाजिक सेवा क्षमता विकास समितिको संयोजकमा रिता नेपाली रहेकी छिन् भने सदस्यमा टेकनाथ अधिकारी, लेखनाथ खनाल, भक्तबहादुर कार्की, सर्मिला थापा, चित्रबहादुर ल्वागुन, विष्णु भट्टराई, शान्तिराम चौहान, मुखमेल धिमाल, गंगा गिरी, अनिल भट्टराई, बिमला कट्टेल, उमाकान्त ढुंगेल, सन्दिप गिरी, युवराज निरौला, नेत्र नेपाल, विष्णु कार्की, खेम गौतम, माधव भट्टराई, रत्नबहादुर बुढाथोकी, धिरज खड्का, सीता अधिकारी, प्रदिप खाती, झलेन्द्र अधिकारी रहेका छन् ।

यसरी नै देवीमाया घिमिरेको संयोजकत्वमा सामाजिक विकास तथा शिक्षा समिति गठन भएको छ । समितिको सदस्यमा सन्तोष कार्की, सर्मिला खनाल, तेजप्रसाद घिमिरे, छविलाल विश्वकर्मा, मदनबहादुर थापा, डिकबहादुर तामाङ, रुद्रप्रसाद सिटौला, एलवी गिरी, लालबहादुर खड्का, जीवन कार्की, युवराज खड्का, रुपा फुयाँल, धनपति चिमरिया, बद्री प्रसाई, राजकुमार चौहान, पार्वता गिरी, सर्मिला कार्की, गणेश निरौला, छविलाल शिवाकोटी, टेकेन्द्र प्रधान, हरि कोइराला रहेका छन् । यसरी नै कुन्दन भट्टराईको संयोजकत्वमा वातावरण तथा विपत्त व्यवस्थापन समिति गठन भएको छ ।

जसको सदस्यमा गोपाल डाँगी, देउकुमारी प्रसाई राजु चौहान, राजु खतिवडा, मानबहादुर दियाली, डेगनाथ खतिवडा, इन्दिरा अधिकारी, लेखनाथ सापकोटा, बालकुमार गिरी, कार्तिकलाल राजवंशी, भुपत राजवंशी, पदम पुरी, श्याम गिरी, डिगबहादुर राजवंशी, विनोद बस्नेत, राजन साम्पाङ, भुपाल राना मगर, प्रेम खड्का, जीतबहादुर खत्री, लीला गिरी, देवेन्द्र कार्की, इन्साल खनाल, राजबहादुर तामाङ, छविलाल विश्वकर्मा, डिङबहादुर राजवंशी रहेका छन् ।

यसरी नै खड्ग चौहानको संयोजकत्वमा पूर्वाधार विकास समिति गठन भएको छ । समितिको सदस्यमा अदिमर्दन बुढाथोकी, मञ्जु खनाल, सुरेन्द्र कार्की, पवित्रा सिटौला, दानकुमारी कार्की, माधव भण्डारी, प्रदिप खाती, देवराज बुढाथोकी, लक्ष्मी खनाल, डुगलराज खड्का, विष्णुलाल घिमिरे, अइन्द्र तामाङ, छविलाल लम्साल, नगेन्द्र मोक्तान, पवित्रा मोक्तान, पुष्पनाथ अर्जेल, उद्धव सिटौला, राजु गिरी, पुष्प बराल, पदम पौडेल, लक्ष्मी खनाल, सञ्जु भारती, चित्र राई, राजेन्द्र चौलगाईं रहेका छन् ।

उक्त समितिले पूर्वाधार विकासमा सहयोग पुर्याउने र आएको बजेटलाई पारदर्शी रुपमा अगाडि बढाउने काममा महत्वपूर्ण भूमिका खेल्ने वडाध्यक्ष ध्यानबहादुर भारतीले जानकारी दिए ।