इन्डोनेसियन प्रहरीको ‘इन्काउन्टर’मा नेपालीको मृत्यु « Yalambar Times
२९ असार २०८२, आईतवार

इन्डोनेसियन प्रहरीको ‘इन्काउन्टर’मा नेपालीको मृत्यु


यलम्वर टाइम्स
३ माघ २०७४, बुधबार ०५:२३

काठमाडौं । इन्डोनेसियन प्रहरीको ‘इन्काउन्टर’मा परि एक नेपाली लागु औषध कारोबारीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३४ वर्षीय शरण कुमार  तामाङ रहेका  छन् ।

‘हामीले यस विषयमा हाम्रा अवैतनिक वाणिज्यदूतसँग बुझ्ने काम गरिरहेका छौं, ‘मलेसियास्थित नेपाली दुतावासका द्धितिय सचिव प्रेमराज गौतमले सेतोपाटीसँग भने, ‘भोली सम्ममा सबै जानकारी आउँला ।’

प्रहरीसँग झडप हुदाँ उनी कारबाहीमा मारिएको भन्ने जानकारी आएको उनले बताए । जाकार्ताको अल्पाइन होटलमा लुकेर बेला उनी पक्राउ परेका थिए। लागु औषध किन्न ग्राहक भनेर गएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ गरेको र भाग्ने क्रममा गोली हानेको बताएको छ। उनको साथबाट ४ किलो मेथ र ५० ग्रामभन्दा बढी लागु औषध बरामद भएको थियो ।

सेतोपाटीबाट