किरात प्रदेश राख्न अनुरोध « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

किरात प्रदेश राख्न अनुरोध


यलम्वर टाइम्स
१६ फाल्गुन २०७४, बुधबार ११:५३

झापा । किरात राई विद्यार्थी संघले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई राई पगरी गुथेर सम्मान गर्दै प्रदेश नं. १ लाई किरात प्रदेश राख्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

सघंका अध्यक्ष विर्सिका राईको नेतृत्वमा पुगेको किरावि संघको टोलीमा, केन्द्रीय सचिव सुसन राई, सचिवालय सदस्य अन्जिल राईसहित केन्द्रीय सदस्य तथा सघं जिल्ला समितिका विद्यार्थीहरूले उनलाई भेटेका थिए ।

मुख्यमन्त्री शेरधन राईले प्रदेश  नंम्बर १ लाई किरात प्रदेश नामाकरण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश नं। १ लाई ‘किरात प्रदेश’ नामाकरण गर्न माग गर्दे सोमबार ज्ञापन पत्र बुझाएको किरात राई विद्यार्थी सघंको टोलीलाई मुख्यमन्त्री राईले आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मुख्य मन्त्री राईले संघको माग प्रति प्रतिबद्धता जनाउनुका साथै यो नामकरणको प्रक्रिया प्रदेश सभाका दुई तिहाई बहुमतले पारित गर्ने भएकोले सभामुख, उपसभामुख र अन्य प्रदेश सांसदहरुलाई पनि ज्ञापन पत्र बुझाउन सुझाउनु भएको थियो ।

सघंका अध्यक्ष राईले ज्ञापन पत्र बुझाउँदै प्रदेश नम्बर १ को भगोल किराती सभ्यता, सांस्कृतिक, भाषिक, सामाजिक, ऐतिहासिक, भौगोलिक र राजनैतिकसँग जोडिएको बताइन् । किरातीहरुको धार्मिक ग्रन्थमा पौराणिक किंवदन्तीहरूमा पनि प्रदेश नं १ को भूमिबाटै किरातीहरुको मानव सभ्यता र उत्पत्तिको विकास भएको उनले बताइन ।

अध्यक्ष राईले नेपालको इतिहासमा मानिसलाई आजको सामाजिक रूपान्तरण, व्यवस्थित मानव विकास सुरुवात गरेको बताउँदै किरातीहरु ३२ पुस्ता नेपाल शासन गरेको किरातीहरुको गौरवमय इतिहास रहेको पनि बताइन् । उनले किरात एउटै निश्चित जाति नभई सभ्यता, भूगोल, इतिहास भएको र प्रदेश नं। १ हरेक बासिन्दाले गर्व गर्नु पर्ने नाम भएको समेत बताइन् ।

सघंका अध्यक्ष राईले सोमबार नै सभामुख प्रदिपकुमार भण्डारीलाई भेटेर ज्ञापनपत्र दिने तयारी गरिएको भए पनि प्रदेश संसद्को बैठक चलिरहेकाले समय नमिलेको तर हामि चाडै सबै तहमा ज्ञापन पत्र पु¥याउने बताइन् ।

भेटमा किरावि सघंले मुख्यमन्त्री राईलाई किराती परम्परा अनुसार टाउँकोमा फेटा बाँधि दिएर सम्मान समेत गरेका थिए ।