अर्जुनधारा जेसीजद्वारा पोशाक र शैक्षिक सामग्री वितरण « Yalambar Times
१६ श्रावण २०८२, बिहीबार

अर्जुनधारा जेसीजद्वारा पोशाक र शैक्षिक सामग्री वितरण


यलम्वर टाइम्स
२ असार २०७५, शनिबार ११:१७

अर्जुनधारा । अर्जुनधारा नगरपालिका–१० सेतीपानी स्थित श्री सिंहबाहिनी प्राथमिक विद्यालयका विपन्न विद्यार्थीलाई पोशाक कपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

अर्जुनधारा जेसीजद्वारा विद्यालय परिषरमा आयोजित एक कार्यक्रमका बीच वितरण गरिएको हो । कार्यक्रममा जेसीजका उपाध्यक्ष उज्वल खरेलले आस्था वाचन गरेका थिए । सोही अवसरमा अर्जुनधारा नगरपालिका-१० का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बलदेव गोम्देनलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।

कार्यक्रम संयोजक विमला भट्टराईको संयोजकत्व तथा अर्जुनधारा जेसीजका अध्यक्ष अजय देवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गोम्देन, जेसीजका संस्थापक अध्यक्ष इन्दीवर खड्का, कालिस्थान बौद्ध गुम्बाका अध्यक्ष सन्तबहादुर तामाङ, सिंहवाहिनी प्रा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य खतिवडा, प्रधानाध्यपक नारदप्रसाद कडरिया लगायतले मन्तव्य राखेका थिए ।

महासचिव देवेन्द्र मैनालीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य वर्ष १६ का अध्यक्ष सार्दुलहाङ ओलीले राखेका थिए ।