गाउँघर क्लिनिकको उद्घाटन « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

गाउँघर क्लिनिकको उद्घाटन


यलम्वर टाइम्स
१९ भाद्र २०७५, मंगलवार ०७:५७

अर्जुनधारा । अर्जुनधारा वडा–६ समावेशी टोलमा नवनिर्मित गाउँघर क्लिनिकको उदघाटन भएको छ । नगर प्रमुख हरिकुमार रानाले रिबिन काट्दै गाउँघर क्लिनिकको उदघाटन गरेका थिए ।

गाउँ घर क्लिनिक उदघाटन गरेपछि नगर प्रमुख रानाले गाउँघर क्लिनिकलाई शहरी स्वास्थ्य केन्द्र स्थापनाका लागि कार्यपालिकाले निर्णय गरी प्रदेश–१ सामाजिक विकास मन्त्रालयमा सिफारिस गरी सकिएको बताए ।

गाउँघर क्लिनिक सञ्चालन समितिका अध्यक्ष डम्बर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा–६ का अध्यक्ष लोकनाथ गौतम, गोमादेवी लुइटेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । आर्थिक प्रतिवेदन वाचन मनोरथ पाण्डेले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नगर सभा सदस्यहरु टुम्मानाथ काफ्ले, अर्जुन मेचे, लक्ष्मी दंगाल महतरा, माया खाती, अर्जुनधारा स्वास्थ्य चौकी सिनियर अहेव दुर्गाप्रसाद भट्टराई लगायतको आतिथ्य रहेका थियो ।

कार्याक्रम सञ्चालन कमलप्रसाद आचार्यले गरेका थिए । कार्यक्रममा नवनिर्मित भवन निर्माण गर्ने दाताहरुलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको अध्यक्ष यादवले बताए ।