वेपत्ता भएकाहरुलाई सम्झनामात्र « Yalambar Times
६ पुष २०८१, शनिबार

वेपत्ता भएकाहरुलाई सम्झनामात्र


यलम्वर टाइम्स
२० भाद्र २०७५, बुधबार ०८:०९

समय परिवर्तित छ । समयअनुसार परिवर्तित हुन सकिएन भने विकासको फड्को मार्न पनि सकिदैन, चाहे जीवनमा होस् या व्यवसायमा । परिवर्तित समयलाई संगाल्न र सम्हाल्न सकिएन भने जीवनकोमात्र होइन मूलुकको भविष्य पनि अन्धकार हुन जान्छ । हिजो मुलुकको आमूल परिवर्तनमा लागेका ती मानिसहरु कति सिंहदरबारका पेटीमा बसेर मुलुक हेर्न पुगे, कति घरकै बारदलीमा बसेर बिलौना गाउँदै बसे होलान् । तर सिंहदरबारमा बस्ने या बस्न पुग्नेहरुले विगतलाई सम्झेर अगाडि बढेका भए हिजोका कष्ट र भोगेका पीडाहरुलाई सम्झने अवस्था आउँदैन थियो होला । तर ती सबै कुरा विर्षदै गएको हुँदा आज ती तिता पीडाहरु सम्झनु बाहेक अर्को केही उपाय हुन सकेन ।

मुलुक आमूल परिवर्तनको संघारमा दौडिदा कतिले ज्यानै गुमाए, कतिले घाइते तथा अपाङ्ग जीवन भोग्दै बस्नु परेको अवस्था छ भने कतिले त्यही समयमा वेपत्ता हुन परेको अवस्था छ । मर्नेले त एउटा इतिहास बनायोे होला । परिवर्तनको संघारमा उभिने कतिपय योद्धाहरुले कष्टकर जीवन भोग्दै होलान् । तर त्यसबेला वेपत्ता हुनेहरुको खोजी र चासो सरकारले नदेखाउँदा यो बेला तिनका परिवारले सम्झन बाहेक अर्को केही विकल्प रहेन । त्यसैले भदौ १४ गते वेपत्ता भएका परिवारका लागि पीडादायिक क्षण हुन जान्छ । राज्यले त्यसलाई न त सम्बोधन गर्छ, न त स्थानीय सरकारलेनै केही भनिदिन्छ । भदौ १४ गते सर्वजनिक ठाउँमा सम्झनेहरुले दियो बाल्न बाहेक अर्को केही विकल्प देखिन्न ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि विभिन्न दिवसको सिर्जना हुँदै गयो । सदनले दिवस सिर्जना गर्दै जाँदा वेपत्ताहरुको सम्झना १ दिवसीय वेपत्ता दिवसको रुपमा भदौ १४ गते मनाउँन शुरु ग¥यो । तर यो पटक वेपत्ता भएकाहरुका लागि न केन्द्रिय सरकार बोल्यो न प्रदेश सरकार नै । यता वेपत्ताका परिवारले हराएका आफन्तहरु कहाँ छन् ? छन् भने भनिदिनु प¥यो । छैनन् भने जवाफ राज्यले दिनुप¥यो भनिरहँदा सरकार जवाफहीन हुनु वेपत्ताका परिवारका लागि त्यो भन्दा अर्को पीडा केही हुन सक्दैन । पीडैपीडामा यतिका समय बिताएकाहरुलाई राज्यले उचित सम्बोधन नगर्नु आफैंमा लज्जास्पद हो भन्न सकिन्छ ।

त्यसो होइन भने त्यसबेला २ बन्दुकको बिचमा चेपिएका, घाइते र वेपत्ता पारिएकाहरुका लागि राज्य मौन हुनु संघीय लोकतान्त्रिक गणतन्त्र भएको मूलुकमा अर्को पीडा हो भन्ने सर्वसाधारणले बुझ्नेछन् । तपाई हामी नै विचार गरौं । कसैका छोराछोरी हराएका होलान्, कसैका बाबाआमा हराएका होलान् त कसैका श्रीमान् । न त परिवारले खोज्न सक्छन्, न राज्य नै भेटाउन सक्छ । यति सानो राज्यमा पिडितहरुलाई ठोस निणर्य राज्यले दिन नसक्नु राज्यको लाचारीपन हो । त्यसैले भदौ १४ गते पीडादायी दिन बिताउनु भन्दा ठोस निणर्य दिएर बिर्साउनु नै उचित हुन्छ । त्यसतर्फ राज्यको ध्यान केन्द्रित हुन जरुरी छ ।