दाह्रि ग्याङद्वारा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

दाह्रि ग्याङद्वारा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान


यलम्वर टाइम्स
२१ भाद्र २०७५, बिहीबार १२:२६

अर्जुनधारा । शनिश्चरे माध्यमिक विद्यालयमा अध्ययनरत् विपन्न विद्यार्थीहरुलाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यका साथ सय दर्जन बढी शैक्षिक सामग्री वितरण गरिएको छ ।

सामाजिक क्षेत्रमा क्रियाशिल रहेको युवाहरुको समूह दाह्रि ग्याङले विद्यालय परिषरमै आएर विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

मोफसल प्रचारमा रहेको नेपाली कथानक चलचित्र रोज युनिटको समन्वयमा विहीबार दाह्रि ग्याङले त्यहाँ अध्ययनरत् कक्षा ३ देखि ५ सम्मका एक सय बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको अभियान्ता कमल पोखरेलले जानकारी दिए ।

कार्यक्रममा शनिश्चरे माविका प्रधानाध्यापक भैरव पौडेले विद्यालयमै आएर विद्यार्थीहरुको हितका लागि शैक्षिक सामग्री वितरण गरिदिएको धन्यवाद ज्ञापन गरेका थिए ।

शिक्षक सीएम खनालको सञ्चालनमा भएको कार्यक्रममा रोज चलचित्रबाट प्रकाश आचार्य, दाह्रि ग्याङका मनिष दाहाल, निश्चल बुढाथोकी, उत्सव आचार्य, दिवस शिवाकोटी, युवराज कार्की लगायतको उपस्थिति रहेको थियो ।