आदिवासी जनजातिलाई नागरिकको दर्जा दिनुपर्नेमा जोड « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

आदिवासी जनजातिलाई नागरिकको दर्जा दिनुपर्नेमा जोड


यलम्वर टाइम्स
२४ भाद्र २०७५, आईतवार ०९:१५

बुटवल । राज्यले यहाँका दलित, मुस्लिम आदिवासी जनजाति लगायतका उत्पीडन र दमनमा परेका समुदायलाई नागरिकको दर्जा दिनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

तमुह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले बुटवलमा आयोजना गरेको प्येताँ, ल्होता, छ्याँता प्रशिक्षण कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

तमुह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद रुपन्देहीका अध्यक्ष बिमला गुरुङको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन् गदैं तमु हयुँल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् केन्द्रिय समितिका अध्यक्ष रेसम तमुले आदिवासी जनजातिहरु सरकारको स्थायी प्रतिपक्ष भएको बताए ।

राज्यले आदिवासीका हक र अधिकारका लागि सधैं लडिरहन बाध्य पारेको बताउँदै दलहरुले यहाँका सामाजिक र सामुदायिक संगठनलाई कमजोर पारेर आफ्ना अभिष्टहरु पूरा गरिरहेको आरोप समेत लगाए ।

सरकारले ल्होसार लगायत महत्वपूर्ण सांस्कृतिक पर्वहरुमा दिने गरेको बिदा कटौती गरेकोमा विरोध जनाउँदै अन्ततः बिदा लिएरै छाड्ने बताए । उनले आफ्ना संस्कार र संस्कृति सम्बन्धमा युवाहरुलाई सचेत हुन आग्रह समेत गरे ।

कार्यक्रममा भाषिक सल्लाहकार वालनर सिङ तमु, पूर्व अध्यक्ष चन्द्रबहादुर तमु, नेपाल आदिवासी जनजाति महासंघ ५ नं. प्रदेश संयोजक दीपक गुरुङ लगायतले बोलेका थिए ।

तमुह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् केन्द्रिय निर्देशन तथा अनुगमन सदस्य ठाकुरजंग तमुले तमु समुदायको प्येताँ, ल्होता, छ्याँता सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

सोही अवसरमा केन्द्रिय अध्यक्ष रेसम तमुले छोंजधीले गुम्वा परिसरमा निर्माण गरेको दुइकोठा सटर सहित व्यावसायिक भवनको उद्घाटन् समेत गरे ।