अर्जुनधारा जेसीजका अध्यक्ष अजयको राष्ट्रिय उपाध्यक्षमा उम्मेद्वारी « Yalambar Times
१० असार २०८२, मंगलवार

अर्जुनधारा जेसीजका अध्यक्ष अजयको राष्ट्रिय उपाध्यक्षमा उम्मेद्वारी


यलम्वर टाइम्स
८ मंसिर २०७५, शनिबार ०६:२२

अर्जुनधारा । अर्जुनधारा जेसीजले यो वर्षको ४६ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय उपाध्यक्षका लागि आफ्नो उम्मेद्वारी दिने भएको छ ।

अर्जुनधारा जेसीजको पूर्व अध्यक्षसहितको बैठकले जोडदारका साथ वर्ष ०१८ का अध्यक्ष अजय देवलाई उपाध्यक्षमा विजय गराउने लक्ष्य लिएको हो । २०१२ मा स्थापना भएर ०१५ मा उत्कृष्ट बनाउन सफल, ०१६ मा नयाँ भवन निर्माणसँगै, ०१७ मा आफ्नै ढंगबाट सप्ताह मनाउन सफल ०१८ बाट राष्ट्रिय उपाध्यक्षका लागि उम्मेद्वारी दिनका साथै विजय गराउने समेत लक्ष्य लिएको छ ।

शुक्रबार बसेको छलफलमा पूर्व अध्यक्ष दिपीन राई, शार्दूलहाङ ओली, प्रल्हाद ढुंगाना, बसन्त सोमानी, मानार्थ सदस्य चतुर्भुज काफ्ले र संस्थापक इन्दिवर खड्काले विजय सुनिश्चिता छ तर, आन्तरिक शक्ति निर्माण गरेर अगाडि बढ्नु आवश्यक रहेको बताएका थिए ।

बैठकले सचिव राजन साम्पाङ राईको संयोजकत्वमा ४ सदस्यीय प्रचार समिति गठन गरेको छ । समितिको सदस्यहरुमा बसन्त बुढाथोकी, निशा तामाङ, निशा गौतम रहेका छन् ।