[सेलिङ केसी]
दूधे । किरात समुदायले मंसिरमा मनाउँदै आएको उधौली पर्व चासोक तङनाम यसपटक भने पुष ७ गते परेको छ ।
समुदायको धार्मिक र मौलिक अनुष्ठानसँग जोडिएको चासोक तङनामको मिति परिवर्तन हुनुलाई क्यालेण्डर निर्माण गर्ने ज्योतिषसँग जोडिएर हेरिएको छ । यो किरातीहरुको लागि प्रश्न चिह्न हो ।
यहीँ द्विविधाकाबीच सरकारले तोकिदिएकै क्यालेण्डर अनुसार चासोक तङनाम २ दिनसम्म धुमधामले मनाउने तयारी गरिएको छ । किरात थाक्थुङ चुम्लुङ र याक्थुङ नालीफुङवा चुम्भोको संयुक्त आयोजनामा सम्पन्न हुन लागेको चासोक तङनाम बितेको वर्षभन्दा फरक हुने अनुमान गरिएको छ ।
परन्तु इतिहासको विभिन्न कालखण्डमा यो जातिको अस्तित्व नामेट गर्न साम, दाम, दण्ड भेदको षड्यन्त्र गरियो । यी जातिका सँस्कृतिलाई दमन गरियो यहीँ कारण चाड पर्व मनाउन र मिति तोक्न पनि किरात लिम्बू समुदायहरु कोहीबाट आश्रित हुनु परेको छ ।
किरात याक्थुङ चुम्लुङ र याक्थुङ नालीफुङवा चुम्भो लिम्बूहरुको भाषा, लिपी, धर्म–सँस्कृतिको उन्नयनमा लागेका समानान्तर मातृ संस्था हुन् ।
बितेको चासोक तङनाम चुम्भोले किरात याक्थुङ चुम्लुङको सहकार्यमा विभिन्न समुदायको उपस्थितिमा कुम्भ मेलाको रुपमा मनाएको थियो तर, यसपटक सधैँको वर्षहरुभन्दा अझ राम्रो र प्रभावकारी ढंगले सम्पन्न हुने आयोजक संस्थाका अध्यक्ष वीरबल जवेगुले बताएका छन् ।
पूर्व लिम्बूवानका लिम्बूहरुको भाषा याक्थुङपान हो । उनीहरुले लेख्ने लिपी श्रीजंगा लिपी हो, बोल्ने भाषा लिम्बू हो भने मान्ने धर्म किरात हो । किरातीहरुले मुन्धुम अनुसार धार्मिक अनुष्ठान गर्छन् र यो जाति प्रकृति पूजक हो ।
परन्तु इतिहासको विभिन्न कालखण्डमा यो जातिको अस्तित्व नामेट गर्न साम, दाम, दण्ड भेदको षड्यन्त्र गरियो । यी जातिका सँस्कृतिलाई दमन गरियो यहीँ कारण चाड पर्व मनाउन र मिति तोक्न पनि किरात लिम्बू समुदायहरु कोहीबाट आश्रित हुनु परेको छ ।
किरात लिम्बू समुदायहरु प्रकृति पूजक भएकैले आफूले फलाएको अन्नपात देवी–देवतालाई चढाएर खाने चलन छ । सरकारी दमनको कारण एकाघरमा सीमित यो पर्व अहिले विश्वव्यापीकरण हुने प्रक्रियामा छ ।
वि.सं. १८३१ सालभन्दा अगाडि लिम्बूहरु लिम्बूवानमा शासक जातिका रुपमा स्थापित थिए भन्ने ऐतिहासिक प्रमाणहरुले पुष्टी गरेको छ । त्यसकारण लिम्बू जाति नेपालको प्राचिन तथा गौरवशाली जातिको रुपमा परिचित छन् भन्ने पुष्टि हुन्छ ।
वि.सं. १८३१ साल श्रावण २२ गते तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहको राजप्रतिनिधि तथा लिम्बू राजाहरुको प्रतिनिधिहरुसँग नुन–पानीको सन्धी भएको थियो ।
त्यो सन्धी पत्रलाई तामा–पत्र वा तसली तामा–पत्रको लालमोहर भन्ने गरिएको छ । सो लालमोहरलाई अध्ययन गर्दा तत्कालिन लिम्बुवानी जनतालाई शासन सञ्चालन गर्ने स्वायत्त अधिकार प्राप्त भएको थियो ।
कालान्तरमा राज संस्थाले सन्धी बमोजिम लिम्बुवानी जनताहरुले प्राप्त गरेको स्वायत्त अधिकारलाई समाप्त गर्दै लिम्बू जातिको भाषा, लिपी, धर्म, सँस्कार, सँस्कृति समेतलाई निर्मम दमन गरे ।
त्यसकारण वर्तमान समयमा लोप हुने अवस्थामा पुगेको छ । तर, लिम्बू जातिहरुले मनाउँदै आएको चासोक तङनाम भने पौराणिक सँस्कृति हो ।
किरात लिम्बू समुदायहरु प्रकृति पूजक भएकैले आफूले फलाएको अन्नपात देवी–देवतालाई चढाएर खाने चलन छ । सरकारी दमनको कारण एकाघरमा सीमित यो पर्व अहिले विश्वव्यापीकरण हुने प्रक्रियामा छ ।
तर, केही बुज्रुकहरुको असमझदारीले कतै चासोक तङनाम नै नहुने त होईन ? प्रश्न चिन्ह खडा भएको छ । तर, नेतृत्वको कुशल क्षमताका कारण यस पटकको चासोक तङनामको रौनकतामा घ्यू थपिएको छ ।
नेपालमा १२३ जातिहरु सूचिकृत छन् । यी सबै जातिको आ–आफ्नै भाषा, धर्म, सँस्कृति र मौलिक रहन–सहन छ । यो जातिहरुको सर्वागिंण विकास हुन सक्यो भने देश भौतिक रुपमा समृद्धि हुन सक्छ, साँस्कृतिक समृद्धि भए सबै जाति खिन्नताबोध गर्ने मौका पाउँदैन ।
द्रुत गतिमा देश सभ्रान्त हुन सक्छ । त्यसैले यो चासोक तङनाम यो या त्यो कसैको होईन यो त नेपालको एउटा राष्ट्रिय पर्व हो । सबैले आत्मा सम्मानको साथ मनाउन अग्रसर हुनुपर्छ ।
२०७५ को चासोक तङनाम धुमधामले मनाउँदै उदाहरणीय बनाउन शिवसताक्षीका लिम्बू समुदाय ईच्छाशक्तिका साथ लागेका छन् ।
दूधेको खेल मैदानमा २ दिनसम्म मनाईने यो चासोक तङनाममा पहिलो दिन लिःतोङ पत्लुङ लगायतको मौलिक खेलसँगै विविध कार्यक्रमसहित महोत्सव हुन्छ भने ७ गते औपचारिक कार्यक्रम हुने प्रचार–प्रसार संयोजक सन्त फेउदिनले बताएका छन् ।
कार्यक्रममा विभिन्न खाले व्यापारिक स्टल, मनोरञ्जनका खेलवाड, भेषभुषा प्रदर्शन, मौलिक च्याब्रुङ, माङलाङ, केलाङ, विजुवा, फेदाङमा, माङ सेवासावा लगायत सामेल भई विवादमुक्त ढंले कार्यक्रम हुने संकेत देखिएको छ । यसो भयो भने मात्र यो चाड पर्वहरु पुस्तान्तरण हुन्छ र दिगान्तसम्म रहन सक्छ ।
कार्यक्रमलाई व्यवस्थित बनाउन अध्यक्ष वीरबल जवेगुको संयोजकत्वमा १३१ जनाको मूल आयोजक समिति गठन भएको छ । मूल आयोजक समितिको उपाध्यक्षमा उपाध्यक्षद्वय योगेन लावती डिल्लीलाल फेम्बू रहेका छन् । त्यस्तै सचिवद्वय प्रेम शेर्मा र भीम लिवाङ रहेका छन् ।
आर्थिक व्यवस्थापनको लागि तुला बखिमको संयोजकत्वमा २५ सदस्यीय समिति गठन भएको छ । जसको सह–संयोजकमा पवित्रा लिम्बू छन् । सन्त फेउदिनको संयोजकत्वमा ७ सदस्यीय प्रचार–प्रसार समिति गठन भएको छ । जसको सह–संयोजक पवित्रा लिम्बू रहेका छन् ।
सुरज लक्समको संयोजकत्वमा सम्पूर्ण सल्लाहकार रहने गरी अनुगमन समिति गठन भएको छ । रोशन थोप्राको संयोजकत्वमा मञ्च तथा साउण्ड सिस्टम व्यवस्थापन समिति गठन भएका छन् । जसको ११ सदस्यीय समिति छ । सावित्रा सेनेहाङको संयोजकत्वमा २१ सदस्यीय पूजा तथा प्रसाद व्यवस्थापन समिति गठन भएको छ ।
पवित्रा लिम्बूको संयोजकत्वमा ५ सदस्यीय कार्यक्रम व्यवस्थापन समिति गठन भएको छ । नविन लिम्बूको संयोजकत्वमा मौलिक खेलकुद व्यवस्थापन समिति गठन भएको छ ।
त्यस्तै यातायात व्यवस्थापनको संयोजक प्रेम योङया रहेका छन् भने स्वयंसेवक परिचालन संयोजकमा धनराज ईङबुङलाई संस्थाले अधिकार दिएको छ भने साजन फागोलाई अतिथि सत्कारमा जिम्मेवारी दिएको छ ।
राष्ट्रिय कलाकारको साथमा लिम्बू स्वरसम्राट मनु नेम्बाङले कार्यक्रममा तहल्का मच्चाउने छन् । कार्यक्रम ७ लाखको खर्चमा सम्पन्न हुनेछ भने कार्यक्रमबाट बाचेको पैसाले सँस्कृति उन्नयनमा लगानी गर्ने आयोजकको भनाई छ ।