मेरो उम्मेद्वारी सरकारलाई प्राविधिक परामर्श दिँदै मुलुकलाई समृद्धि र विकासको मार्गमा डोहोर्याउनका लागि « Yalambar Times
१८ कार्तिक २०८१, आईतवार

मेरो उम्मेद्वारी सरकारलाई प्राविधिक परामर्श दिँदै मुलुकलाई समृद्धि र विकासको मार्गमा डोहोर्याउनका लागि


यलम्वर टाइम्स
२७ मंसिर २०७५, बिहीबार ११:०५

गणेश अर्याल प्रदेश–१ का लागि कुनै नौलो नाम होइन । ३३ वर्षीय युवा अर्याल झापाको बिर्तामोड नगरपालिकाका कार्यरत इन्जिनियर हुन् । पाँचथरमा जन्मी हुर्केका अर्यालले नेपाल इन्जिनिययरि· पुलचोक कलेजबाट बिइ र मास्टर इस्टक्चरबाट गरेका छन् । अर्यालले बिर्तामोड नगरपालिकामा प्रविधी मैत्री बनाउन अनलाईन प्रणालीबाट घर नक्साको इजाजत दिने कार्य सुरु गरेसँगै स्थानीय क्षेत्रमा लोकप्रिय मानिएका छन् ।

नेपाल इन्जिनियर्स एशोसियशन (नेइए) को ३२ औँ कार्यकारिणी समितिको निर्वाचनमा प्रगतिशील इन्जिनियर समूहले बाजी मार्ने पक्कापक्की भएको दाबी गर्दै आएको छ । इन्जिनियहरुले चुनावी प्रचारलाई तिव्रता दिएसँगै प्रगतिशिल समुहको जित सुनिश्चित भएको प्रगतिशिल समूहले दावी गरेका हुन् ।

नेपाल इन्जिनियर्स एशोसियशन (नेइए) केन्द्रमा अहिले ३२ औं कार्यकारिणीको चुनाव हो । प्रगतिशिल समूहले ३२ वटै आफ्ना एजेण्डाहरु सार्वजनिक गरीसकेको छ । ईन्जिनियरहरुको प्रगतिशिल समूहको तर्फबाट अर्याल प्रदेश–१ उपसभापतिका उम्मेद्वारका रुपमा प्रस्तुत भएका छन् । आगामी निर्वाचनकै सेरोफेरोमा रहेर उनीसँग गरिएको कुराकानीको सारसंक्षेप ।

देशभित्र र बाहिर गरी ५० हजारको हाराहारीमा इञ्जिनियर उत्पादन भएको अनुमान गरिएकोमा एशोसियसनसँग त्यसको आधा हिस्सा पनि पेशागत सङ्गठनको आबद्ध रहेको पाइँदैन ?

विगतमा एनइए ( एशोसिएन ) संचालन गरेर बसेका इलाइट वर्गका इन्जिनियरहरुले एसोशियनलाई क्लबको ढाँचामा संचालन गरेको छन् । मेरो बुझाइमा आम इन्जिनियरहरु लाई आकर्षित गर्न नसक्नु नै एनइए पेशागत संगठनको रुपमा विकास हुन नसक्नु हो । स्पष्ट उदेश्य र दिसा निर्देशनको अभावमा एनइएले विगतमा कुनै पनि ठोस कार्य गर्न नसक्नु पनि हो । इन्जिनियरहरुमा एनइए प्रतिको अपनत्व कायम गर्न नसक्नुनै इन्जिनियरहरुको ठूलो जमात एनइए बाहिर रहन गएको मेरो ठम्याई रहेको छ ।

विगतमा जस्तो यसपटक पनि वामपन्थी र प्रजातान्त्रिक धारका समूहबीच भिडन्त हुने सुनिश्चित देखिन्छ तपाईको उम्मेदवारी केका लागि ?

यो वा त्यो धार भन्दा पनि हामी प्रगतिशिल इन्जिनियरहरु एकबद्ध भई इन्जिनियरि· एसोशियन नेपाल पिइएएन गठन गरी चुनावमा होमिएको अवस्था छ । मेरोे उम्मेद्वारी के का लागि हो भने एनइएलाई आम इन्जिनियरको छाता संगठनको रुपमा विकास गर्नेका लागि हो । सरकारलाई प्राविधिक परामर्शदाताको रुपमा सहयोग गरी समृद्धि र विकास तर्फको मार्गमा मुलुकलाई नयाँ गति प्रदान गर्नेका लागि हो ।

तपाईले चुनाव जिप्ने आधारहरु र मत के का लागि ?

मेरो चुनाव जिप्ने बलियो आधार भनेको संगठन नै हो । हाम्रो संगठन मजबुत छ । जनवर्गिय संगठनको रुपमा स्थापित पिइएएनले विगतमा गर्दै आइरहेको रचनात्मक एवम् सुधारात्मक कार्यले नै आम मतदाता इन्जिनियरहरु यस तर्फ आकर्षित हुनुभएको छ । मेरो सोच, विचारमा नवीनतम् प्रविधिको प्रयोग र पेशा प्रतिको आत्मिय लगाव, झुकाव नै चुनाव जिप्ने गहना हो जस्तो लाग्छ ।

एसोशियसनलाई राजनीतिक चौतारीका रूपमा विकास गरिएको र इञ्जिनियर अनि इञ्जिनियरिङ पेशाको प्रवद्र्धनमा ठोस प्रयास गरेको अनुभूति गर्न नसकेकोले भनी आम आलोचना हँदै आएको छ, चुनाव जितेपछि तपाईको योजना के छ ?

अहिले केन्द्रमा ३२ औं कार्यकारिणीको चुनाव हो । हामी ३२ वटै एजेण्डाहरु सार्वजनिक गरेका छौं । ती सबै पूरा गर्नेछौं । एजेण्डाहरु पूरा गर्ने दृढता, प्रष्ट आधार समेत सबैका सामू पस्केका छौं ।

ईन्जिनियरिङ पेशा चुनौतीपूर्ण पेशा समेत हो । कामको सिलसिलामा बिभिन्न दुर्घटना हुन सक्छन । र भएका पनि छन् । त्यस्तो अवस्थामा पिडीत क्षलाई केही राहत ब्यवस्था गर्न विगतमा सकिएन । यसपटक हामीले त्यसलाई सम्बोधन गर्ने गरी सामूहिक बिमाको कार्यक्रम ल्याएका छौं । चुनावमा विजय भएपछि पहिलो बैठकबाट यो निर्णय हुनेछ र हुन्छ पनि ।

अर्को कुरा ईन्जिनियरिङ काउन्सीलमा अहिले ४७ हजार ईन्जिनियरहरु दर्ता छन् । तर, नेईएमा २७ हजार दर्ता छन् भने अहिलेको चुनावमा १७ हजार मात्रै मतदाता भएको अवस्था छ । यो खालको अवस्था रहेकाले ईन्जिनियरहरुलाई नेईएमा आकर्षण बढाउनुपर्छ । त्यसका लागि पनि हामीले सामूहिक बिमा मार्फत ईन्जिनियरहरुको आर्कषण नेईएप्रति बढ्छ भन्ने विश्वास लिएका छौं ।

प्रस्तुति : सागर गौतम