हलुवागढमा पुनः चक्र तामाङ « Yalambar Times
१८ कार्तिक २०८१, आईतवार

हलुवागढमा पुनः चक्र तामाङ


यलम्वर टाइम्स
१८ जेष्ठ २०७६, शनिबार ०४:१९

सिस्ने । कार्य सन्तोषजनक भएपछि हलुवागढ उपभोक्ताहरुले चक्र तामाङलाई तेस्रो पटक पनि अध्यक्ष पदमा चयन गरेका छन् ।

अर्जुनधारा १ मा रहेको हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको विशेष साधारणसभाले तामाङलाई चयन गरेको हो ।

भेलाले तामाङको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको निर्वाचन आयोगका सदस्य नारायण घिमिरेले बताए ।

तामाङ यसअघि दुई पटक निर्वाचित अध्यक्ष थिए । उनको नेतृत्वमा सडक, पुल निर्माणसँगै महत्वकांक्षी योजनाको हलुवागढ सिमसार निर्माण भएको छ । कुशल नेतृत्वकै कारण उनी पुनः समूहको नेतृत्वमा आएका हुन् ।

नवगठित समूहको उपाध्यक्षमा काजीमान कार्की, सचिवमा तारादेवी आचार्य, सहसचिवमा दिलकुमारी मग्राती र कोषाध्यक्षमा हरि घिमिरे चयन भएका छन् ।

त्यस्तै, अर्जुन तामाङ, अनिला आचार्य, इन्दिरा रामदाम, कृष्णकुमारी लाखे दर्जी, गंगाराम आचार्य, देउकुमार सारु, पूजा लिम्बू, प्रविन कटुवाल, मनमाया पाण्डे दाहाल, रञ्जना तामाङ, रेणुका निरौला रिमाल र बिना आचार्य समूहको सदस्यमा चयन भएका छन् ।

डिभिजनल वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेको प्रमुख आतिथ्यमा आयोजित विशेष साधारणसभामा समूहका सचिव रंगलाल मिश्रले आवद्यिक कारोबारको लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।