वडा नं. ७ मा उद्घोषक र लेखा तालिम एकै दिन « Yalambar Times
५ आश्विन २०८१, शनिबार

वडा नं. ७ मा उद्घोषक र लेखा तालिम एकै दिन


यलम्वर टाइम्स
४ असार २०७६, बुधबार १३:५४

अर्जुनधारा । अर्जुनधारा वडा नं. ७ ले बुधबार एकै कक्षमा उद्घोषक र लेखा तालिम सुरु गरेको छ ।

लक्षित वर्ग अन्तर्गत छुट्टिएको २ लाख रकमबाट उक्त तालिम सञ्चालन भएको हो ।

तालिमको उद्घाटन गर्दै नगर प्रमुख हरिकुमार रानाले उद्घोष तालिमले अभ्यास र अध्ययनसँगै वातावरणीय ढंगबाट बोल्ने शैलीको विकास हुने र लेखा तालिमले सरकारी अड्डा, व्यापार र वाणिज्यका लागि मात्र नभइ किसानको लागि पनि जरुरी भएको हुँदा तालिमलाई आत्मासाथ गरेर अगाडि बढ्न अनुरोध गरेका थिए ।

उद्घाटन कार्यक्रममा नेकपाका नेता भोला परियारले तालिम आफैमा उर्जाशील हुने हुँदा यसलाई मनन् गरेर आफ्नो समाजमा छर्न पछि नहट्न आग्रह गरे ।

वडा सदस्य सारदा भट्टराईले वडाका लक्षित वर्गका प्रतिनिधिहरुसँग छलफल गर्दै ल्याएको तालिम भएको हुँदा त्यसतर्फ केन्द्रीत भएर तालिममा सहभागि हुन अनुरोध गरे ।

५ दिनसम्म चल्ने उक्त तालिममा उद्घोषकतर्फ ३५ र लेखातर्फ ३५ जना रहेका छन् । तालिम उद्घाटनका अध्यक्ष नविन ढुंगानाले तालिम दिने सहजकर्ता स्थानीय नै भएको हुँदा तालिम सहज हुनेमा आफू ढुक्क हुने बताए ।

वडा सचिव प्रकाश ओझाले स्वागत गरेको कार्यक्रममा ऐतराज नेम्वाङ, नगर प्रमुखका स्वकीय सचिव गजेन्द्र खनाल लगायतको आतिथ्य रहेको सञ्चालक वडा सदस्य देवकुमार राईले बताए ।

लेखा तालिममा सहजकजीकरण नगरका लेखा अधिकृत रामचन्द्र घिमिरे र प्रयोगात्मकमा सहलेखापाल चुडामणि खनाले गर्ने भएका छन् ।