क्यान्सर रोगी उप्रेतीद्धारा सहयोगको अपिल « Yalambar Times
५ आश्विन २०८१, शनिबार

क्यान्सर रोगी उप्रेतीद्धारा सहयोगको अपिल


यलम्वर टाइम्स
८ भाद्र २०७६, आईतवार ०९:५४

सुरुङ्गा । झापा कनकाई नगरपालिका ३ सुरुङ्गा टप्पुका ५६ बर्षिय चानक उप्रेती विगत ४ बर्षदेखि क्यान्सर रोगले थलिएका छन् ।

नेपाल बैँकको सुरुङ्गा शाखामा राम्रै पोष्टमा काम गर्दै आएका उनी चानक आफू बिरामी भएपछि भएको जागिर मात्रै गुमाउनु परेन हालसम्म उपचारका लागि ७० लाख रुपैँया खर्च गरिसकेका छन् ।

हाल आफ्नो स्वास्थ्यमा सुधार भैसकेको भए पनि अब कम्तीमा २० लाख रुपैँया भएमा आफु पूरा जीवन बाँच्ने आशा भएको उप्रेतीले बताए ।

अब मलाई खाद्य नलिको क्यान्सरका लागि केमु चडाउनु पर्छ । भारतको डिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार गराइरहेका उप्रेतीले भने, ‘आजसम्म आफ्नो भए भरको जाय जेथा बेचेर तथा आफन्तसँग ऋण गरेर उपचार गराएँ । अब चाहि मलाई देश विदेशमा रहनुहुने नेपालीले सहयोग गरिदिए हुने थियो ।’

एक छोरा र श्रीमती अम्बिकाका साथमा सुरुङ्गामा रहँदै आएका उप्रेतीले आफ्नो उपचारका लागि आर्थिक सहयोगका लागि सबैसँग अनुरोध गरेका छन् ।

४ बर्ष पहिले सामान्य पेट दुखेर काठमाण्डौको टिचिङ्ग अस्पतालमा भर्ना भएका उप्रेतीलाई त्यहा टिबी रोग भनेर निक्कैदिन अल्मलाएको पछि अर्को अस्पताल जाँदा ट्युमर भैसकेको थाहा भएको बताए ।

यता उप्रेतीकी श्रीमती अम्बिका देवि ओली उप्रेतीले केही आफ्ना बन्धुका नेताकोमा जादा बरु झुण्डिएर मर्नुनी भन्ने कटु वचन पाएको दुखेसो पोखिन् ।

उप्रेतीलाई सहयोग गर्ने चाहना हुनेले नेपाल बैँकको सुरुङ्गा शाखामा अम्बिकादेवि ओलीको नाममा रहेको १४७०१५०६२१५९२१०००००१ नम्बरको खातामा रकम जम्मा गरिदिन वा मोवाइल नम्बर ९८४२६३४५८९ मा सम्पर्क राखिदिन समेत अनुरोध गरेका छन् ।