गाउँलेलेनै गरिदिए चार परिवारलाई लकडाउन « Yalambar Times
६ पुष २०८१, शनिबार

गाउँलेलेनै गरिदिए चार परिवारलाई लकडाउन


यलम्वर टाइम्स
१५ बैशाख २०७७, सोमबार १२:४३

जरुवाबस्ती । अर्जुनधारा वडा नम्वर–७ को जरुवाबस्तीमा चार परिवारलाई गाउँलेहरुले लकडाउन गरिदिएका छन् ।

जरुवाबस्ती घर भइ ईटहरीमा एक महिना बसेर आएका मनोज बिकलाई नगर स्वास्थ्य शाखाले होम करेन्टाईनमा राखेका थिए । तर मनोज घरैमा नबसी चारतिर हिडुल गरेका कारण गाउँलेलेनै घरमा लकडाउन गरिदिएका हुन् ।

छिमेकीले पटक–पटक बाहिर ननिस्कन भनी मनोजका परिवारलाई सम्झाउँदा पनि नटेरेपछि छिमेकीले लकडाउन गरेको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले बताए ।

अहिले मनोजका घरमा हत्तपत्त कोही छिमेकीहरु आउँदैनन् । उनका परिवारले छिमेकीमा रहेको दोकानमा सामान किन्न पर्याे भने समान दिन्छन् तर पैसा लिदैनन् ।

‘केही दोकानेले सामान घरैमा ल्याईदिन्छन्, पैसा लिन मान्दैनन् । खातामा लेखिदिन्छु लकडाउन खुलेपछि दिनु भन्छन्’ मनोज भने ।

कोरोनाले हामीलाई भेटेको छैन तर संक्रमितको संज्ञा दिंदै हाम्रा घर आँगनमा नआउन भन्न थालेको सुनिल विकले पीडा पोखे । मनोजसँगै उनको छिमेकी चेली नाता पर्ने कुसुम नाम गरेकी युवती पनि आएकी थिइन् ।

त्यस कारणले पनि गाँउलेहरुले होमकरेन्टाईममा रहन आग्रह गरेका थिए । तर ती चेली पनि अटेर गर्दै गाँउघर हिडिरहने भएको कारण गाँउलेहरुले लकडाउन गरेको छिमेकी ज्ञानबहादुर कार्कीले बताए ।

लकडाउन गरिदिएपछि हिड्डुल गर्न र भने जस्तो उपभोग्य सामान किनेर खान पनि गाह्रो परेको कुसुमले बताईन् ।