मिक्लाजुङमा प्रधानाध्यापक श्रेष्ठको गोली हानी हत्या « Yalambar Times
६ आश्विन २०८१, आईतवार

मिक्लाजुङमा प्रधानाध्यापक श्रेष्ठको गोली हानी हत्या


यलम्वर टाइम्स
२३ मंसिर २०७७, मंगलवार १०:२४

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिकास्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या भएको छ । ५४ वर्षीय उनको शव मिक्लाजुङ गाउँपालिका-१ बर्खेको जंगलमा भेटिएको हो । 

उनको शव टाउकोमा गोली हानी हत्या गरिएको अवस्थामा मंगलबार विहान भेटिएको हो । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले उनको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले हत्या गरेको बताएका छन् । 

उनको शव भेटिएको स्थान घरदेखि करिब एक किलोमिटरको दूरीस्थित जंगलमा छ ।

मंगलबार बिहान सवा ६ बजेतिर ४-५ जनाको संख्यामा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले श्रेष्ठलाई घरबाट लिएर गएको सूचना आएको एसपी खड्काले बताए । थाहा खबरबाट