विरोध प्रर्दशनमा प्रहरी दमन निरंकुशताको संकेतः फोनिज « Yalambar Times
२० असार २०८२, शुक्रबार

विरोध प्रर्दशनमा प्रहरी दमन निरंकुशताको संकेतः फोनिज


यलम्वर टाइम्स
१४ माघ २०७७, बुधबार ०८:४२

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले शान्तिपूर्ण प्रर्दशनमा भएको प्रहरी दमनको भत्र्सना गरेको छ ।

विरोधमा प्रर्दशन हुँदा दमन हुनुले निरंकुशता प्रतिबिम्बित हुने भन्दै फोनिजले संविधानप्रद्धत अधिकारविरुद्ध हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध माघ १२ गते भएको प्रर्दशनमा सहभागी वरिष्ठ पत्रकार नारायण वाग्ले, वरिष्ठ मानअधिकारकर्मी कृष्ण पहाडीलगायतमाथि प्रहरीद्वारा भएको विरोधमा प्रेस विज्ञप्ति जारी गर्दै फोनिजले यस्तो बताएको हो ।

फोनिजका महासचिव मनोज घर्तीमगरद्वारा जारी प्रेस ज्ञिज्ञप्तिमा भनिएको छ– ‘अभिव्यक्ति स्वतन्त्रता संविधानप्रद्धत नागरिक अधिकार हो । विरोधमा प्रर्दशन हुँदा दमन हुनुले निरंकुसता प्रतिबिम्बित हुन्छ । संविधानप्रद्धत अधिकारविरुद्ध हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन ।’

फोनिजले शान्तिपूर्ण प्रर्दशनमा प्रहरी दमन हुनु बलिदानपूर्ण इतिहासको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था मास्ने प्रपन्चको निरन्तरता रहेको समेत बताएको छ ।

फोनिजले विधिको शासन र कानुनीराजको सम्मान गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।