नेपाल पत्रकार महासंघ झापाको पहिलो तला शुभराम्भ « Yalambar Times
५ आश्विन २०८१, शनिबार

नेपाल पत्रकार महासंघ झापाको पहिलो तला शुभराम्भ


यलम्वर टाइम्स
२३ पुष २०७८, शुक्रबार १३:०८

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाले आफ्नो कार्यालय भवनको स्तरोन्नतीको लागि पहिलो तलाको शुभराम्भ गरेको छ ।

शुक्रबार महासंघको कार्यालयमा प्रदेश नं. १ का पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की र नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष लीला बल्लभ घिमिरेले संयुक्त रुपमा भवनको शुभराम्भ गरेका हुन् ।

भवन निर्माण शुभराम्भ गर्दै पूर्व मन्त्री कार्कीले निस्पक्ष पत्रकारितामा जोड दिए । उनले आगामी दिनमा पनि पत्रकार महासंघलाई आवश्यक सहयोग रहेन प्रतिवद्धता जनाएका छन् ।

महासंघ प्रदेश नं. १ अध्यक्ष घिमिरेले पत्रकारको क्षमता अभिबृद्धिका लागि प्रदेश समिति क्रियाशील रहेको बताए ।

अर्जुनधारा नगर प्रमुख हरिकुमार रानाले नगरकोतर्फबाट भवन निर्माणमा सहयोग रहने आश्वासन दिए ।

महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका उपसचिव ओमकारप्रसाद न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, प्रदेश समितिका महासचिव विवेक गौतम, कोषाध्यक्ष विमल लामिछाने, झापा शाखाका पूर्व अध्यक्ष चिन्तामणि दाहाल, प्रेस सम्बद्ध संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थति रहेको थियो ।

महासंघ झापाको कार्यालय भवन स्तरोन्नतीका लागि प्रदेश सरकारले ४० लाख र बिर्तामोड नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरिसकेको छ ।

महासंघका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।