अर्जुनधारा वडा नं. ४ लाई जग्गा प्रदान गर्ने दुइ दाता सम्मानित « Yalambar Times
५ आश्विन २०८१, शनिबार

अर्जुनधारा वडा नं. ४ लाई जग्गा प्रदान गर्ने दुइ दाता सम्मानित


यलम्वर टाइम्स
१८ फाल्गुन २०७८, बुधबार ११:३६

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी २ जग्गादातालाई सम्मान गरेको छ ।

अर्जुनधारा–४ नम्बर वडा कार्यालय र स्वास्थ्य चौकी निर्माणका लागि निःशुल्क रुपमा जग्गा उलपब्ध गराउने २ दातालाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको वडाध्यक्ष दुर्गाप्रसाद दाहालले जानकारी दिए ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेलले जग्गादातालाई सम्मान गरेकी थिइन् ।

वडा कार्यालय भवन निर्माणका लागि स्थानीय लक्ष्मण बस्नेत, रूपा बस्नेतले ४ कठ्ठा जग्गा प्रदान गरेका थिए । त्यस्तै स्वास्थ्य चौकी निर्माणका लागि सिताराम पराजुलीले १ कठा दिएका थिए ।

यसैगरी कार्यक्रममा वडाको समग्र विकास बारे वडाध्यक्ष दुर्गा प्रसाद दाहालले विवरण सार्वजनिक गरेका छन् ।

स्थानीय राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेसले मन्तव्य राखेको कार्यक्रममा स्वागत नगर उपप्रमुख कमला आचार्यले गरेकी थिइन् । कार्यक्रमको भने सञ्चालनमा वडा सचिव पुजा कोईरालाले गरेकी थिइन् ।