उपराष्ट्रपति पुन माङसेबुङ आउँदै « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

उपराष्ट्रपति पुन माङसेबुङ आउँदै


यलम्वर टाइम्स
१७ मंसिर २०७९, शनिबार ०२:५२

इलाम । किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६९ औँ जन्मोत्सवमा उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) मंसीर १८ गते इलामको माङसेबुङ आउने भएका छन् ।

किरात धर्मगुरु लिङ्देनको जन्मोत्सव कार्यक्रमलाई उद्घाटन गर्न तथा धर्म गुरुलाई शुभकामना दिन उपराष्ट्रपति पुन माङसेबुङ आउने भएका हुन् ।

किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिको आयोजनामा हुने जन्मोत्सवमा विभिन्न कार्यक्रमको तय गरिएको छ । 

मंसिर १६ गते साक्मुरा वादेम्मा, १७ गते विश्व शान्ति तथा मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा लाधुङसेमी सेवा कार्यक्रम गर्ने बताइएको छ ।

यस्तै १७ गते नै आत्मानन्द रनिङ गोल्डकपको फाइनल सञ्चालन हुनेछ । १८ गते आत्मानन्द लिङ्देनको ६९ औं शुभजन्मोत्सव समारोह–२०७९ उद्घाटन, खेलकुद प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार वितरण, सावायेहाङ नोमाङगेन्ना सेवा र विविध साँस्कृतिक कार्यक्रम गरिएको छ ।

त्यस्तै मंसिर १९ गते आत्मानन्द लिङदेनबाट आशी चन, साहित्यिक तथा साँस्कृतिक कार्यक्रम, मिक्तोक (उपहार) अर्पण र संस्थागत धन्यवादपत्र वितरण, पुस्तक पुस्तिका विमोचन कार्यक्रम तय भएको छ । २० गते माङगेन्ना चामल वितरणसँगै विदाइ गर्ने कार्यक्रम छ ।