डाङ्ग्रे बाबा धाममा परिक्रमा मार्ग र विश्रामालयको उद्घाटन « Yalambar Times
५ आश्विन २०८१, शनिबार

डाङ्ग्रे बाबा धाममा परिक्रमा मार्ग र विश्रामालयको उद्घाटन


यलम्वर टाइम्स
२७ मंसिर २०७९, मंगलवार १०:२८

अर्जुनधारा । मंसीरे पञ्चमी तिथीको अवसर पारेर विशेष पूजापाठ गर्दै डाङ्ग्रे बाबा सेतीदेवी पाथीभरा माता धाममा निर्माण गरिएको परिक्रममा मार्ग र विश्रामालयको उद्घाटन गरिएको छ ।

धाम समितिको अथक मिहेनत र दाताहरुको सहयोगबाट निर्मित परिक्रमा मार्ग र विश्रामालयको उद्घाटन अर्जुनधारा वडा नं. ७ का वडाध्यक्ष गोविन्द खतिवडाले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष खतिवडाले अर्जुनधाराको पर्यटन विकासमा धार्मिक क्षेत्रले विशेष महत्व राखेको बताए ।

उनले पछिल्लो चरणमा डाङ्ग्रे बाबा धामले चर्चा पाएसँगै धार्मिक पर्यटन प्रवद्र्धनमा थप सहयोग पुगेको बताए ।

वडाध्यक्ष खतिवडाले आगामी दिनमा सहकार्य गर्दै धामको विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अर्जुनधारा–७ स्थित पाराखोपीमा रहेको धामलाई थप सुन्दरता प्रदान गर्न र तीर्थ यात्रीहरुको थकान मेट्ने उद्देश्यले परिक्रमा मार्गसँगै विश्रामालय निर्माण गरिएको समितिका अध्यक्ष इन्द्रबहादुर मगर ‘काली’ ले जानकारी दिए ।

अध्यक्ष मगरका अनुसार पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत पेभर्स लगाई निर्माण गरिएको परिक्रमा मार्गको कुल लागत ९९ हजार रहेकोछ ।

परिक्रमा मार्ग निर्माणका लागि अर्जुनधारा नगर कार्यपालिकाकी सदस्य गौरीमाया चिमरीया ‘अस्मिता’बाट ११ हजार ५ सय रुपैयाँ, अर्जुनधारा नगर शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख तोयानाथ रेग्मीबाट ११ हजार रुपैयाँ, किरात राई यायोक्खा अर्जुनधारा नगर कार्यसमितिका अध्यक्ष क्या.मानबहादुर राईबाट १० हजार रुपैयाँ, फरवार्ड एजुकेशन फाउण्डेसन प्रा.लि.का सञ्चालक इन्दप्रसाद गिरीबाट १० हजार रुपैयाँ सहयोग रकम प्राप्त भएको धाम समितिका सल्लाहकार अमित खम्बूले जानकारी दिए ।

त्यसैगरी क्या.शिवकुमार र मनकुमारी चाम्लिङ राईबाट १० हजार रुपैयाँ, दिलीपकुमार र भूपा थुलुङ राईबाट १० हजार रुपैयाँ तथा सुरेश र चन्द्रकला चाम्लिङ राईबाट १० हजार रुपैयाँ सहयोग रकम प्राप्त भएको रसमितिको आन्तरिक कोषबाट १० हजार रुपैयाँ जुटाइएको उनले जानकारी दिए ।

त्यस्तै व्यवसायी सुरेन श्रेष्ठबाट चार सय थान पेभर्स र समितिका अध्यक्ष मगरबाट तीन ट्रयाक्टर बालुवा प्राप्त भएको थियो ।

त्यस्तै अर्जुनधारा नगरपालिका वडा नं. ७ कार्यालयको ५० हजार र अन्य दाताहरुको सहयोगमा विश्रामालय निर्माण गरिएको छ ।

कुल ९४ हजार ५ सयको लागतमा निर्माण गरिएको विश्रामालयमा ८ वटा फलामे फलैचा रहेका छन् ।

उक्त फलैचा निर्माण गर्नका लागि वडा कार्यालयबाट ५० हजार रुपैयाँ, दमक–२ का भवानी र स्वस्तीका बरालबाट १० हजार रुपैयाँ, अर्जुनधारा–७ का तुलसी र शिवकुमारी श्रेष्ठबाट १० हजार रुपैयाँ, अर्जुनधारा–७ की नायुमाहाङमा चाम्लिङ राईबाट १० हजार रुपैयाँ र धाम उत्पत्तिकर्ता विकास साम्पाङ राई पथरी–शनिश्चरेबाट १० हजार रुपैयाँ सहयोग प्राप्त भएको सल्लाहकार खम्बूले जानकारी दिए ।

धाम समितिका अध्यक्ष मगरको सभापतित्वमा भएको कार्यक्रममा पर्वू वडा सदस्य गोमादेवी पर्वते, अशोक वान्तावा राई लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन धाम समितिका सचिव रोशन लिम्बूले गरेका थिए ।