बालमैत्री स्थानीय तह निर्माण गर्न झापाका जनप्रतिनिधिहरु प्रतिवद्ध « Yalambar Times
२१ आश्विन २०८१, सोमबार

बालमैत्री स्थानीय तह निर्माण गर्न झापाका जनप्रतिनिधिहरु प्रतिवद्ध


यलम्वर टाइम्स
२६ पुष २०७९, मंगलवार ११:३१

बिर्तामोड । बालमैत्री स्थानीय तह निर्माण गर्न झापाका पालिका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुले ११ बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् ।

सोमबार बिर्तामोडमा सम्पन्न जिल्लास्तरीय अन्तरक्रियामा सहभागी पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधिले नेपाल सरकारको लक्ष्य अगावै बालमैत्री स्थानीय तह निर्माणमा जुट्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनीहरुले आआफ्नो स्थानीय तहमा बालबालिका सम्वन्धी ऐन, २०७५ बमोजिमका प्रावधानहरु कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

जिल्ला बाल सञ्जाल झापाको आयोजना तथा जिल्ला समन्वय समिति झापा, संवाद समूह झापा र राष्ट्रिय बाल अधिकार परिषद विराटनगरको सहकार्यमा आयोजित अन्तक्र्रियामा जिसस प्रमुख विश्व बरालले पालिकाहरुलाई बालमैत्री स्थानीय तह निर्माणमा जुट्न आग्रह गरे ।

उनले नेपाल सरकारको लक्ष्य हासिल गर्न पनि बालमैत्री स्थानीय तह कार्यान्वयन गर्नैपर्ने भएकाले त्यसतर्फ गम्भीर हुन आग्रह गरेका हुन् ।

भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीले भद्रपुरमा घोषणा गरिएको बालमैत्री स्थानीय तहको अनुभव राखेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, कनकाई नगरपालिकाका उपप्रमुख आशा शर्मा शिवाकोटी, दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईं, झापा गाउ“पालिकाका उपाध्यक्ष अन्जुदेवी थपलिया, कमलकी उपाध्यक्ष प्रमिला न्यौपाने लगायतले आआफ्नो स्थानीय तहमा बालमैत्री स्थानीय तह निर्माणबारेको तयारीबारे धारणा राखेका थिए ।

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन–२०७४, बालबालिका सम्बन्धी ऐन–२०७५, बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (सीआरसी) १९८९, पन्ध्रौं योजनालगायतका कानुन, नीति तथा कार्यक्रमहरुमा बालअधिकारको समग्र पक्षलाई सम्बोधन गर्न विभिन्न व्यवस्था गरिएको छ ।

बालअधिकारका चार पक्ष बालबचाउँ, बालसंरक्षण, बालविकास र बालसहभागिता जस्ता बालअधिकारका सवाललाई स्थानीय तहको नीति, संरचना, प्रणाली, कार्यप्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धति नै बालमैत्री स्थानीय शासन हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम बालमैत्री स्थानीय शासन प्रवद्र्धन गरी बालमैत्री वडा घोषणा गर्ने जिम्मेवारी गाउँ÷नगरपालिकाको वडालाई दिएको छ ।

उक्त ऐन अनुसरण गरी गाउँ÷नगरपालिकाले बालमैत्री स्थानीय तह घोषणा गर्ने जिम्मेवारी पूरा गर्नेपर्ने हुन्छ ।

कार्यक्रममा भद्रपुरका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, शिवसताक्षीका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, मेचीनगरका उपसचिव होमनाथ भण्डारी, कनकाईका उमानाथ ढकाल, बिर्तामोड, भद्रपुर, शिवसताक्षी, कमल, दमकलगायतका पालिकाका बालबालिका शाखाका फोकल पर्सनको उपस्थिति थियो ।

जिल्ला बाल सञ्जाल तथा पालिका स्थानीय बाल सञ्जालका बालबालिकाहरुको उपस्थिति थियो ।

कार्यक्रममा जिल्ला बाल सञ्जालले जिल्लास्थित बाल सञ्जाल र बालबालिकाको पालिकास्तरीय अवस्थाबारेको कार्यपत्र प्रस्तुत गरेको थियो ।

कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषदका सुमन अधिकारीले बालबालिका सम्वन्धी ऐनबारेको प्रस्तुती राखेका थिए ।

जिल्ला बाल सञ्जाल झापाका अध्यक्ष अभिषेक मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भावना पोखरेलले जिल्लामा वालवालिकाले भोगेका समस्या र अवस्थाबारे जानकारी गराएकी थिइन् ।

विनोद थापाले सञ्चालन गरेको कार्यक्रममा आरोग्य तिम्सिनाले स्वागत गरेका गिए ।