हवाई उडानप्रति विश्वास कम नहोस्ः जनमुक्ति « Yalambar Times
२६ जेष्ठ २०८२, आईतवार

हवाई उडानप्रति विश्वास कम नहोस्ः जनमुक्ति


यलम्वर टाइम्स
२ माघ २०७९, सोमबार ०९:५९

काठमाण्डौ । माघ १ गते पोखरामा भएको प्लेन दुर्घटनाको सत्य तथ्य सार्वजनिक गर्न राष्ट्रिय जनमुक्ति पार्टीले सरकार समक्ष माग गरेको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक विदा चाहिँदैन, थोत्रे प्लेन उडाउन पाइदैन भन्ने शब्दहरु व्यापक भइरहँदा कतिपयले सार्वजनिक विदाको पनि अवज्ञा गरेको अवस्थामा के कारणले, किन नेपालमा हवाई दुर्घटना बढी भइरहेको छ ? यसप्रति गम्भीर भएर जनतालाई जवाफ दिन विज्ञप्तीमार्फत अनुरोध गरेको छ ।

दुर्घटनामा परेका विद्यत् वर्ग तथा यात्रुहरुप्रति पार्टी परिवारजनमा समवेदना प्रकट गर्दै दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ, विज्ञप्तीमा भनिएको छ ।

महासचिव टोप अस्लामीद्वारा हस्ताक्षरित विज्ञप्तीको अन्त्यमा सरकारले दुर्घटनाको अविलम्ब छानविन गरि त्यसको यथार्थ, शीघ्र जनसमुदाय समक्ष प्रस्तुत गर्न सकेन भने यस्ता घटनाहरु बढेर जानेमात्र होइन हवाई उडानप्रति विश्वास कम हुने समेत सचेत गराउँदै नेपाल सरकारसँग जोडदार माग गर्दछ ।