व्यवसायीलाई मार्का नपार्ने काममा लाग्न अर्जुनधारा उद्योग वाणिज्य संघको आग्रह « Yalambar Times
२५ असार २०८२, बुधबार

व्यवसायीलाई मार्का नपार्ने काममा लाग्न अर्जुनधारा उद्योग वाणिज्य संघको आग्रह


यलम्वर टाइम्स
१४ माघ २०७९, शनिबार ०२:२८

अर्जुनधारा । एक व्यवसायी प्रेमप्रसाद आचार्यले आत्मदह गरि मृत्यु भएपछि सारा व्यवसायी शोकमा परिरहेको बेला अर्जुनधारा उद्योग वाणिज्य संघले प्रेस विज्ञप्ती प्रकाशित गर्दै व्यवसायीलाई मार्का नपर्ने काममा लाग्न स्थानीय तथा प्रदेश, संघ सरकारलाई आग्रह गरेको छ ।

अर्जुनधारा उद्योग वाणिज्य संघको विहीबार भएको छलफलले शनिबार (आज) राजनीतिक दलसहित व्यापारी बीच व्यवसायी आचार्यको आत्मले शान्ति पाओस् भन्दै शोक सभा गर्ने निर्णय सहित विज्ञप्ती प्रकाशित गरेका छन् ।

शनिश्चरे बजारको देवकोटा चोकमा गर्न लागिएको शोक सभामा राजनीतिक दल तथा संघसंस्थालाई समेत आमन्त्रण गरि प्रेमप्रसाद आचार्यको जस्तो नियती अन्य व्यापारीले भोग्नु नपरोस् भन्दै स्व. आचार्यप्रति श्रद्धाञ्जली गर्न लागिएको वाणिज्य संघका अध्यक्ष इन्दिवर खड्काले जानकारी दिए ।

शोक सभा दिउँसो ३ बजे गरिने समेत जानकारी दिँदै वित्तीय कारोबारमा सहजता अपनाउन सहकारी तथा सरकारलाई आग्रह गरिने भएको बताएका छन् ।