पत्रकारहरुसँग सहकार्य गर्ने झापा प्रशासनको भनाई « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

पत्रकारहरुसँग सहकार्य गर्ने झापा प्रशासनको भनाई


यलम्वर टाइम्स
१८ माघ २०७९, बुधबार ०७:५१

बिर्तामोड । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले पत्रकारहरुसँग नजिक रहेर शान्ति, सुरक्षा प्रदान गर्नका आफू लागि पर्ने बताएका छन् ।

सम्वाद समूह झापाद्वारा बुधबार बिर्तामोडमा गरिएको प्रशासन र पत्रकारहरु बीच भएको अन्तरक्रियामा प्रशासन सम्हाल्न झापा आइपुगेका प्रमुख जिल्ला अधिकारी पोखरेलले झापा सबै क्षेत्रबाट सक्रिय जिल्ला हो ।

यहाँका हरेक समस्या सम्वादबाटै समाधान हुने भनेर आफूले थाहा पाएको बताउँदै आइपर्ने हरेक समस्या पत्रकारहरुको सहयोगमा समाधान गर्नेतर्फ लाग्ने बताए ।

कार्यक्रममा प्रहरी प्रमुख दुर्गाराज रेग्मीले झापा बसाइको समयमा सञ्चारमैत्री भएर काम गर्ने बताए ।

झापा मानव तस्कर हुने जिल्ला भएको हुँदा यसको समाधानका लागि पत्रकारको अहम् भूमिका हुने बताउँदै लागूऔषध न्यूनिकरण जस्ता कार्यमा आफू सक्रिय हुने बताए ।

उनले पारिवारिक समस्याबाटै आत्महत्या जस्ता कार्य भएको हुँदा यसको समाधानको लागि झापामा रहेका सामाजिक संघसंस्थाको पनि भूमिका आवश्यक रहेको बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जनतालाई दिने सूचना प्रशासनबाट कमी नहुने जानकारी गराउँदै झापालाई गुडबाट बेटरमा लैजानका लागि सबै सचेत हुनुपर्ने बताए ।

उनले बजार अनुगमन जस्ता कार्यलाई सक्रियताका साथ निरन्तरता दिने र पालिका स्तरीयबाट पनि अनुगमन प्रभावकारी बनाउन आग्रह गरिने जनाए ।

सम्वाद समूहका अध्यक्ष केशव ओझाको सभापतित्वमा भएको कार्यक्रममा स्वागत सदस्य लोकराज ढकालले गरेका थिए ।

कार्यक्रममा एकराज गिरीले सहजीकरण गरेका थिए भने पत्रकार मुक्ति पौडेल, लीला अनमोल, इन्द्रसिंह राजवंशी, दिपीन राई, सरु न्यौपाने, संगीता रौनियार, कञ्चना सिटौला लगायतले आ–आफ्ना जिज्ञासा राखेका थिए ।

कार्यक्रमकामा प्रमुख जिल्ला अधिकारी पोखरेललाई सम्वाद समूहले स्वागत सम्मान प्रदान गरेका थिए भने राष्ट्रिय अनुसन्धान विभागका तुलसी प्रसाई लगायतको सहभागि रहेको सञ्चालक अर्जुन राजवंशीले जानकारी दिए ।