यायोक्खा अर्जुनधाराको अध्यक्षमा विजय साम्पाङ « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

यायोक्खा अर्जुनधाराको अध्यक्षमा विजय साम्पाङ


यलम्वर टाइम्स
२५ फाल्गुन २०७९, बिहीबार १२:४४

अर्जुनधारा । किरात राई यायोक्खा अर्जुनधारा नगर समितिको विहीबार (आज) सम्पन्न १० औं अधिवेशनले विजय साम्पाङ राईलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ ।

यायोक्खा भवनमा आयोजित अधिवेशनले आगमी तीन वर्षका लागि राईलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

युवा व्यवसायीको रुपमा परिचित राई नेपाल आदिवासी जनजाति महासंघ लगायत विभिन्न संघसंस्थामा आवद्ध भई सामाजिक कार्यमा सक्रिय छन् ।

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा भुपा राई, उपाध्यक्षमा आशा राई, सचिव सिंहबहादुर राई, सहसचिव प्रेमबहादुर राई, कोषाध्यक्ष सुम्निमा राई रहेका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा ढाकबहादुर राई, जमुना राई, सोमा राई चयन भएकी छिन् । यायोक्खाको विधान बमोजिम १७ देखि २१ सदस्यीय कार्य समिति रहेन व्यवस्था छ ।

नवनिर्वाचित अध्यक्ष राईका अनुसार अर्जुनधाराका लागि बाँकी ८ सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनय गर्दै १७ सदस्यीय समिति बनाइनेछ ।

यायोक्खा अध्यक्ष क्या. मानबहादुर राईको सभापतित्वमा भएको अधिवेशनको उद्घाटन प्रमुख अतिथि यायोक्खा जिल्ला सहसचिव चिजा राईले गरेकी थिइन् ।

अधिवेशनमा आफ्ना ज्येष्ठ सदस्य ८९ वर्षिय पूर्णमाया राई र ८५ वर्षिय गणेशबहादुर राईलाई राई पगरी र सम्मानपत्रले सम्मान गरेको थियो ।

त्यस्तै यायोक्खाद्वारा सञ्चालित किरात बचत कल्याण कोषका असल बचतकर्ता क्या. असनबहादुर राई, असल ऋणी डम्बरसिंह वान्तावा राईलाई सम्मान गरिएको थियो भने यायोक्खाका शुभचिन्तक बिर्तामोड १ निवासी देवीमाया वान्तावा राईलाई सम्मान गरिएको सचिव सरीता राईले बताइन् ।

कार्यक्रममा सांगठानिक प्रतिवेदन अध्यक्ष क्या. मानबहादुर राईले, आर्थिक प्रतिवेदन वरिष्ठ उपाध्यक्ष क्या. शिवकुमार राई र बचत कल्याण कोषको प्रतिवेदन कोषाध्यक्ष भुपा राईले वाचन गरेका थिए ।

कार्यक्रममा फोनिजका दिपीन राई, जनप्रतिनिधि देवकुमार राई, बुट्टाबारी संयुक्त वडा समितिका सार्कीधन राई लगायतले शुभकामना मन्तव्य राखेका थिए भने वान्तावा खिम अर्जुनधाराका अध्यक्ष सिद्धीमान राई, चाम्लिङ खाम्बातिमका उपाध्यक्ष कुमार चाम्लिङ लगायतको आतिथ्य रहेको थियो ।

सचिव सरीता राईले सञ्चालन गरेको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष राईले गरेका थिए ।