बैंकको पासवर्ड ह्याक गरि पैसा निकल्ने व्यक्ति पक्राउ « Yalambar Times
१६ श्रावण २०८२, बिहीबार

बैंकको पासवर्ड ह्याक गरि पैसा निकल्ने व्यक्ति पक्राउ


यलम्वर टाइम्स
१ जेष्ठ २०८०, सोमबार ०७:५०

झापा । मोरङको सुन्दरहरैचा नगरपालिका बिराटचौकमा रहेका २ वटा बैंकहरुबाट पासवर्ड ह्याक गरेर पैसा निकाल्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिराटचौक ५ बस्ने बर्ष ३६ को देबराज सिक्देल रहेका छन् ।

सुन्दरहरैचा नगरपालिका–४ दुलारी स्थित रमेश आचार्यले आफ्नै नाममा दर्ता गरेर आफ्नै घरमा संचालन गर्दै आएको आरए भिजन एकाउन्ट सोलुसन प्रा.लि. फर्मका एकाउन्टेन समेत रहेका सिक्देलले रमेश आचार्यको नबिल बैंक शाखा कार्यालय बिराटचौकमा रहेको खाताबाट पासवर्ड ह्याक गरी विभिन्न मितिमा २८ हजार एक सय निकालेका थिए ।

त्यस्तै आचार्यका काका स्थानीय ओमनाथ आचार्यको माछापुच्छ्रे बैंक शाखा कार्यालय बिराटचौकमा रहेको खाताबाट पासवर्ड ह्याक गरी विभिन्न मितिमा ६६ हजार ८ रुपैया निकालेको भनि जानकारी प्राप्त भएसँगै प्रहरीले सिग्देललाई पक्राउ गरेको हो ।

पक्राउ परेका सिग्देलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।