संयुक्त राष्ट्र संघमा कोशी खारेजीको मुद्दा उठ्यो « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

संयुक्त राष्ट्र संघमा कोशी खारेजीको मुद्दा उठ्यो


यलम्वर टाइम्स
२ श्रावण २०८०, मंगलवार ०७:००

झापा । संयुक्त राष्ट्रसंघ १६ औँ आदिवासी जनजातिको अधिकार सम्बन्धी विज्ञ संयन्त्र (EMRIP)को जेनेभा स्थित महासभामा नेपालको आदिवासी अधिकारकर्मी तथा अधिवक्ता शंकर लिम्बुले कोशी प्रदेशमा भइरहेको कोशी नामाङ्करण खारेजीको शान्तिपूर्ण आन्दोलनमा राज्यले गरेको दमन बारे सभालाई जानकारी गराउनु भएको छ ।

अधिवक्ता लिम्बुले कोशी खारेजीको शान्तिपूर्ण आन्दोलनमा भइरहेको मानव अधिकार हनन्, अधिक संख्यामा देशभरबाट सुरक्षाकर्मी केन्द्रीकृत गरी हतियारलैस परिचालन गरिएको बिषयलाई महासभामा प्रवेश गराइ सैन्यकरण र आदिवासी अधिकारबारे छलफल भैरहेको बताउनु भयो ।

नेपालका आदिवासीहरूको मानव अधिकार सम्बन्धी वकिल समुह (लार्हुनिप)मा अबद्ध अधिवक्ता लिम्बु आदिवासीहरूको हक र अधिकारमा लामो समयदेखि निःशुल्क कानुनी सहायत गर्दै आउनु भएको छ । यसैगरि एसिया इन्डिजेनस पीपल्स प्याक्ट (एआईपीपी) फाउन्डेसनमा कार्यकारी समिति सदस्य हुन ।

अधिवक्ता लिम्बु असार ३० मा नेपालबाट जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघ १६ औँ आदिवासी जनजातिको अधिकार सम्बन्धी विज्ञ संयन्त्र सभाको लागि स्विजरल्याण्ड प्रस्थान गर्नु भएको हो । एभ्रेष्ट टीभीबाट